थाइल्याण्ड जाँदै गर्दा ओलीले भने– देउवाले विदेशमा गएर संसदको धज्जी उडाए

206
  •  
  •  
  •  

kp oli
काठमाडौं, ९ भदौ (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको गरिमामय संसदले गरेका निर्णयको विदेशमा गएर धज्जी उडाएको बताएका छन् ।

उपचारको लागि थाइल्याण्ड जानुअघि ओलीले पत्रकारहरुसंग कुरा गर्दै भारत भ्रमणका क्रममा देशको शीर निहुर्याउने गरेर विना प्रसंगको अभिव्यक्ति दिएको बताए ।

कुनै प्रसंग विना नै प्रधानमन्त्री देउवाले संविधान संशोधनको कुरा निकालेको बताउँदै अध्यक्ष ओलीले आफूले संविधान संशोधन गर्न नसकेको र प्रयास जारी रहने कुरा उल्लेख गरेर देशकै बेज्जत गरेको आरोप लगाए ।

लम्पसार परेर क्षमायाचनाको भाषामा संविधान संशोधन गर्छु भन्नु निकै असान्दर्भिक भएको उनले बताए । हाउभाउ, अभिव्यक्ति, र देउवाको प्रस्तुती विना कामको र असान्दर्भिक भएको ओलीको भनाई छ ।

भारत भ्रमणमा रहेको प्रधानमन्त्री देउवाले बिहीबार हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुई तिहाई पुर्‍याएर संविधान संशोधन गर्ने बचन दिएका थिए ।


  •  
  •  
  •