एमाले पार्टी कार्यालय गोरखामा चोरी

74
  •  
  •  
  •  

umlगोरखा, १९ भदौ : अज्ञात समूहले गएराति नेकपा (एमाले) गोरखाको पार्टी कार्यालय भवनको मूल ढोका तोडफोड गरी चोरी गरेको छ । गोरखा नगरपालिका–६ स्थित चाइनीजधारामा रहेको पार्टी कार्यालयको ढोका फोडेर अज्ञात समूहले कार्यालयभित्रको दराजबाट करिब ७ सय चोरेको कार्यबाहक अध्यक्ष विश्वेश्वर कट्टेलले जानकारी दिए ।

रातको समयमा चोरी भएको हुनसक्ने उनले बताए । “जनवर्गीय सङ्गठन, पार्टी कार्यालय र कार्यालय सचिवको गरी तीनवटा स्टिलको दराज फोडिएको छ” उनले भने, “दराजमा रहेका अन्य कागजात भने जस्ताको तस्तै छ ।

कार्यालय सचिवको दराजभित्र रहेको पैसा भने रहेनछ ।” साथै उक्त समूहले पार्टी कार्यालयभित्र रहेको चारवटा ¥याक पनि तोडफोड गरेको एमाले पार्टीले जनाएको छ ।


  •  
  •  
  •