एमाले महाधिवेशनः मतदान २ बजेपछि

189
  •  
  •  
  •  

काठमाडौं, २७ असार (ओएनएस) मतपत्र छपाइमा भएको ढिलाइका कारण नेकपा एमालेको नबौ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान प्रक्रिया ढिलो भएको छ ।

यसअघि विहान १० बजे नै सुरु हुने भनिएपनि मतपत्र छपाइमा भएको ढिलाइका कारण दिउसो २ बजेपछि मात्र मतदान सुरु हुने नेता आनन्द पोखरेलले जानकारी दिए ।

दिउसो २ बजे सुरु गरि अबेर साझ सम्म मतदान सम्पन्न गर्ने निर्वाचन आयोगको तयारी छ ।

बिद्युतीय मतदानमा सहमति जुटन नसकेपछि एमालेले महाधिवेशनमा कागजमै मतदान गर्ने व्यबस्था गर्दैछ । मतदान ढिलो भएसंगै महाधिवेशन स्थल भृकुटीमण्डप बाहिर मावध कुमार नेपाल र केपी ओली पक्षधरले चर्को नारावाजी गरेका छन् ।


  •  
  •  
  •