एमालेको मतगणना सुरु भएन

332
  •  
  •  
  •  

काठमाडौं, २८ असार (ओएनएस) । नकेपा एमालेको राजधानीमा जारी महाधिवेशनको आज बिहानै मतदान सकिएपछि आजै दिउँसो ३ बजेपछि मतगणना सुरु हुने भएको छ । दशरथ रंगशालामा मतगणना हुने एमाले निर्वाचन समितिले जनाएको छ ।

शुक्रबार ढिलो गरी मतदान सुरु भएपछि आज बिहान ४ बजेमात्र मतदान सकिएको थियो । १ सय ५८ सदस्यीय केन्द्रीय कमिटि, अनुसाशन आयोग र लेखा समितिका लागि मतदान भएको हो । निर्वाचनमा माधव नेपाल समूह र केपी ओली समूह प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचन समितिका अनुसार पहिलो चरणमा पदाधिकारीकोमात्र मतगणना गरिने छ । १४ सदस्यीय पदाधिकारीका लागि २८ जना चुनावी मैदानमा छन् । निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेता हुने व्यवस्था भएका कारण १५ सदस्यीय पदाधिकारी मध्ये निवर्तमान अध्यक्ष झलनाथ खनाल वरिष्ठ नेता हुनेछन् ।

२ हजार १ सय ७६ प्रतिनिधि रहेकोमा २ हजार १ सय ५४ जना प्रतिनिधिले मतदान गरेका थिए ।


  •  
  •  
  •