४२२ मत मा ओली ५१ मतले अगाडि

357
  •  
  •  
  •  

काठमाडौं, २९ असार (ओएनएस) ।

नेकपा एमालेको नयाँ नेतृत्वको चलनको लागि भइरहेको मतगणना सोमवार बिहान सम्मको लागि स्थागित भएको छ । आइतवार अवेर सम्म गणना भएको जम्मा ४२२ मतमा अध्यक्षका प्रत्यासी केपि ओली अर्का प्रत्यासी माधब कुमार नेपाल भन्दा ५१ मतले अगाडि रहेका छन् ।

गणना भएको ४२२ मध्य ओलीको पक्षमा २२४ मत रहेको छ भने नेपालको पक्षमा १७३ मत परेको छ ।

महासचिवमा ओली पक्षका इश्वर पोखरेल नेपाल पक्षको शुृरेन्द्र पाण्डे भन्दा २८ मतले अगाडि रहेका छन् । पोखरेलको  २१९ रहेको छ भने पाण्डेको १९१ रहेको छ ।

अन्य सबै पदमा ओली समुहनै अगाडि रहेको छ ।

सोमवार बिहान ८ बजे देखि मतगणना नियमित गरिने जनाइएको छ ।

उपाध्यक्षमा

नेपाल पक्षका –    ओली पक्षका

भिम रावल १८३,  वामदेव गौतम २४५

युवराज ज्ञवाली १७७ ,  विद्या भण्डारी २३९

अष्टलक्ष्मी शाक्य १९५,  प्रदीप नेपाल २०८

लालबावु पण्डित १७४ ,  धर्मनाथप्रसाद साह १९९

राजेन्द्रप्रसाद पाण्डे १७९ , किरण गुरुङ २१५  मत ल्याएका छन् ।

यसैगरी

महासचिवमा

नेपाल पक्षिय शुरेन्द्र पाण्डे  १९१,   इश्वर पोख्रेल  २१९

उपमहासचिवमा

नेपाल पक्षका –    ओली पक्षका

रघुजी पन्त १७०, विष्णु पौडेलले २४४

घनश्याम भुषाल १९६,  शंकर पोखरेलले २२२  मत पाएका छन् ।

यसैगरी सचिवमा

नेपाल पक्षका –    ओली पक्षका

गोकर्ण विष्ट १०५ प्रदीप ज्ञवाली १११

योगेश भट्टराई ८७ विष्णु रिमाल १०३

बेदुराम भुसाल ८२ पृथ्वी सुब्बा गुरुङ १०८

पर्शुमेघी गुरुङ ९२ रघुवीर महासेठ ९७

भीम आचार्य ८४ केशवलाल श्रेष्ठ ८७ मत पाएका छन् ।

शनिवार  बिहान सम्पन्न मतदानको आइतबार मतगणना सुरु भएको हो । राजधानीको दशरथरंगशालास्थित कवर्ड हलमा सिसि टिभी जडान गरेर मतगणना सुरु गरिएको हो । ६ स्थानमा मतगणना गरिएको महाधिवेशन प्रचार संयोजक प्रदिप ज्ञावलीले जानकारी दिए । उनका अनुसार एक/एक मतपेटिकाको परिणाम सार्वजनिक गरिने छ । मतगणना हुनुअघि नेताहरुले सामुहिक तस्वीर खिचाएका थिए ।

तगणनाका लागि मतपेटिका घोप्टाउँदै निर्वाचन समितिका पदाधिकारी । तस्वीर : ओएनएसन्युज
तगणनाका लागि मतपेटिका घोप्टाउँदै निर्वाचन समितिका पदाधिकारी । तस्वीर : ओएनएसन्युज

_AKD6808 _AKD6813 मतगणनाका लागि मतपेटिका घोप्टाउँदै निर्वाचन समितिका पदाधिकारी । तस्वीर : ओएनएसन्युज


  •  
  •  
  •  

Comments are closed.