मतगणनाले कर्मचारी हाजिर गर्नबाट रोकिए

269
  •  
  •  
  •  

काठमाडौं, २९ असार (असार) । रंगशालामा भइरहेको एमालेको मतगणनाले राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीले हाजिर गर्न पाएनन् । खेलकुदमन्त्री पुरुषोत्तम पौडेल पनि दशरथ रंगशाला छिर्न पाएनन् । राजधानीमा जारी एमालेको नवौं महाधिवेशनको मतगणना दशरथ रंगशालामा भइरहेको छ । मतगणाको संवेदनशिलतालाई ध्यानमा राखेर सुरक्षामा कडाई गरिएको छ ।

आइतबार १० बजे राखेपका कर्मचारी कार्यालयमा प्रवेश गर्न खोजेपछि महाधिवेशनका लागि खटिएका स्वयमसेवकले उनीहरुलाई कार्यालय छिर्न दिएनन् । कर्मचारी र स्वयमसेवकबीच भनाभन भइरहेका बेला एमाले नेता तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल पनि दशरथ रंगशालाको गेटमा पुगे, तर उनी पनि रंगशाला छिर्न पाएनन् । यसरी आफ्नै पार्टीको मतगणाना पनि छिर्न नपाएपछि उनी रिसाएका थिए ।

यस्तै आज कुनै पनि खेलाडी रंगशालामा प्रवेश गर्न पाएनन् । उनीरुको आजको अभ्यास रोकिएको छ । शनिबार कवर्ड हलमा जारी आर्चरी प्रतियोगिता नै रोकिएको थियो ।


  •  
  •  
  •