एमालेको मतगणना आइतबार

289
  •  
  •  
  •  

काठमाडौं, २८ असार (ओएनएस) । एमालेमा नयाँ नेतृत्वका लागि शनिबार बिहान मतदान सम्पन्न भए पनि मतगणना भने आइतबार बिहानमात्र सुरु हुने भएको छ । शनिबारै दशरथ र्रगशालामा दिउँसो एक बजेबाट सुरु हुने भनिएको मतगणना स्थगित भएको थियो । ३ बजे सुरु हुने भनिएपनि त्यसबेला मतगणना सुरु हुन सकने । फेरि ५ बजे सुरु हुने भनिए पनि गणना सुरु हुन सकेनछ । के कारणले मतगणा रोकिएको भन्नेबारे केही खुलाइएको छैन ।

अध्यक्षका दुई प्रतिस्पर्धी माधवकुमार नेपाल र केपी ओलीको समूहबीच १ सय ५८ सदस्यी केन्द्रिय कमिटि र विभिन्न आयोगका सदस्यका लागि दुई प्यानल बनाएर प्रतिस्पर्धा भइरहेको छ । दुई प्यानलभन्दा बाहिर पनि १७ जनाले केन्द्रीय सदसस्यका लागि उम्मेदवारी दिएका छन् । यही असार १९ गतेबाट सुरु भएको महाधिवेशन २५ गते सम्पन्न हुने बताइए पनि लम्बिदै आएको छ ।


  •  
  •  
  •