एमाले महाधिवेशन मा मतदान सुरु

303
  •  
  •  
  •  

काठमाडौं, २७ असार (ओएनएस) नेकपा एमालेको महाधिवेशनमा आगामी नेतृत्वका लागि निर्धारित समयभन्दा साढे ९ घण्टा ढिलो गरि मतदान सुरु भएको छ । बिहान ८ बजे नै सुरु हुने भनिएको मतदान मतपत्र छापाईको कारण साँझ ५ बजेपछि मात्रै सुरु भएको हो ।

पहिलो चरण छापिएको मतपत्रको साइज सानो भएपछि दोस्रो पटक फेरि मतपत्र छाप्न पठाएकाले ढिलो हुन गएको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो मतदान पार्टीका अध्यक्ष झलनाथ खनाल र त्यसपछि अध्यक्षका प्रत्याशी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले गरे ।  मतदानका लागि बिहान ८ बजे नै कतिपय मतदाता महाधिवेसन स्थल भृकुटीमण्डपमा पुगिसकेका थिए । मतदानका लागि राती ९ बजेसम्म लाइन बसिसक्न सूचना जारी गरिएको छ । रातभर मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

उमेदवारको सुची लामो भएका कारण मतदान ढिलो हुने देखिएको छ । एक जना मतदातालाइ छुट्टा छुटै मतपत्रमा मतदान गर्न औषत ५ मिनेट लाग्ने अनुमान गरिएको छ । मतदान राती अवेर सम्म चल्ने संकेत देखिएको छ ।

एमालेको नयाँ नेतृत्वका लागि माधवकुमार नेपाल र केपी ओलीबीच प्रतिष्पर्धा हुदैछ् । दुइवटा प्यानलका अतिरिक्त १२ जनाले केन्द्रीय सदस्यका लागि स्वतन्त्र उमेदवारी दिएका छन् ।

महाधिवेशनले १४ पदाधिकारीसहित १ सय ५९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । नवौं महाधिवेशनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, र पाँच सचिव चयन गर्नेछ ।

महाधिवेशनमा अध्यक्षका प्रत्यासीद्वय माधव नेपाल र केपी ओलीले प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन् ।

दुई पक्षबाट गरी पदाधिकारीमा २८ जनाको उम्मेदवारी परेको छ । यसैगरी १ सय १५ पुर्णसहित १ सय ५९ सदस्यीय केन्द्रीय कमिटीकालागि झण्डै चार सय जनाको उम्मेदवारी परेको छ ।

नयाँ नेतृत्वका लागि अध्यक्षका प्रत्यासी माधव नेपाल र केपी ओलीले बिहीबार नै औपचारिक रुपमा आफ्नो प्यानल घोषणा गरिसकेका छन् ।

जस अनुसार नेपाल पक्षबाट उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, लालबाबु पण्डित र राजेन्द्र पाण्डे रहेका छन् ।

यसैगरी उपमहासचिवमा घनश्याम भुषाल र रघुजी पन्तले उम्मेदवारी दिएका छन् । यसैगरी सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, परशुराममेघी गुरुङ, भीम आचार्य र वेदुराम भुषालले उम्मेदवारी दिएका छन् ।
यसैगरी ओली पक्षबाट अध्यक्षमा केपी ओली, उपाध्यक्षहरु बामदेव गौतम, विद्या भण्डारी, प्रदीप नेपाल, धर्मनाथप्रसाद साह र किरण गुरुङले उम्मेदवारी दिएका छन् ।

महासचिवमा ओली पक्षबाट निवर्तमान महासचिव इश्वर पोखरेलले उम्मेदवारी दिएका छन् भने नेपालपक्षबाट सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ ।

 

सहमहासचिवमा ओली पक्षबाट शंकर पोखरेल र विष्णु पौडेलको उम्मेदवारी परेको छ । सचिवमा ओली पक्षबाट प्रदीप ज्ञवाली, विष्णु रिमाल, बृथ्वी सुव्वा गुरुङ, रघुवीर महासेठ र केशवलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

 

_AKD6614
मतदान गर्दै एमाले निवर्तमान अध्यक्ष झलनाथ खनाल
_AKD6642
मतदान गर्दै अध्यक्षका प्रत्यासी एमाले संसदीय दलका नेता केपी शर्मा ओली
_AKD6628
मतदान गर्दै अध्यक्षका प्रत्यासी एमाले बरिष्ठ नेता माधवकुमार नेपाल

umalvote _AKD6540

 

_AKD6247000000

 


  •  
  •  
  •