यसरी छानिदै छन् एमालेमा पोलिटब्युरो सदस्य

499
  •  
  •  
  •  

cpn-uml-central-committeकाठमाडौं २७ मंसिर (ओएनएस) :  नेकपा एमालेमा आज पोलिटब्युरो चयन गरिदैछ । सर्वसम्मत रुपमा पोलिटब्युरो चयनका लागि अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले गृहकार्य तीव्र पारेका छन् । हिजो साँझ छलफल गरेका दुई नेता बिहान थप छलफलमा जुटेका छन् । विधान विवाद टुंग्याई स्थायी समिति र पोलिटब्युरो गठनका लागि दुई सदस्यीय कार्यदलले दिइएका सुझावका आधारमा अध्यक्ष ओली र नेता नेपालले गृहकार्य तीव्र पारेका हुन् ।

निर्वाचन प्रक्रिया शुक्रबारबाटै सुरु भए पनि दुवै नेताको आग्रहमा आज मात्रै निर्वाचनका थप कार्यक्रम अघि बढाई उम्मेदवारहरूलाई दरखास्त दिन लगाउने गरी निर्वाचन आयोगले तयारी गरिरहेको छ । १२ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएकाले त्यसअघि नै सहमति गरी निर्वाचन कार्यक्रम अघि बढाइने छ ।

पोलिटब्युरो गठनका लागि मात्रै १ सय १७ जना पूर्ण केन्द्रीय सदस्य मतदाता रहेको मतदाता नामावलीको सूची प्रकाशित गरिएकाछ । एमालेमा हाल १ सय ६१ सदस्यीय केन्द्रीय कमिटी रहेकाले विगतको अभ्यासअनुसार ५४ जना अर्थात् एक तिहाइ सदस्य पोलिटब्युरोमा छानिने छन् । वरिष्ठ नेताको हैसियतमा अध्यक्षपछिको दोस्रो मर्यादामा झलनाथ खनाल र तेस्रो मर्यादामा माधवकुमार नेपालसहित १५ सदस्यीय पदाधिकारी अब १६ सदस्यीय हुने सहमति भइसकेकाले बाँकी ३८ जना सदस्य सहमति या चुनावमार्फत छानिनेछन् । जसमा २३ जना पूर्ण र १५ जना वैकल्पिक सदस्य हुने महासचिव ईश्वर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । १ सय १७ सदस्यीय पूर्ण सदस्यमा ६५ जना संस्थापन पक्ष र ५० जना नेपाल पक्षबाट महाधिवेशनमा निर्वाचित भएका थिए । वरिष्ठ नेता खनाल भने कुनै समूहमा छैनन् ।

अध्यक्ष ओली र नेपालबीच सहमतिमै चयन गर्न विभिन्न विकल्पमा छलफल अघि बढेको स्रोतको भनाइ छ । जसअनुसार यसअघि पोलिटब्युरो रहिसकेकाहरूलाई पहिलो प्राथमिकता दिएर अध्यक्षलाई सुविधाजनक बहुमत पु¥याउने पहिलो विकल्पमा छलफल केन्द्रित भएको छ । यसअघि पोलिटब्युरो सदस्य भइसकेकाहरू निवर्तमान सचिव शंकर पोखरेल, स्थायी समिति सदस्य भइसकेका नेताहरू प्रदीप नेपाल, मुकुन्द न्यौपाने, नवौं महाधिवेशनमा महासचिवका प्रत्यासी सुरेन्द्र पाण्डेसहित १८ नेताहरू छानिन सक्नेछन् । बाँकी २० जना भने योग्यता पुगेकाहरूमध्येबाट अध्यक्षलाई बहुमत पुग्ने गरी छान्ने गृहकार्य भइरहेको छ । तर, योग्यता पुगेकाहरूबाट छान्न भने नेताहरूलाई हम्मे पर्ने देखिएको छ । केन्द्रीय कमिटीमा संस्थापनको ९० र नेपाल पक्षको संख्या ७१ रहेको छ । जसलाई भागबन्डा गर्ने हो भने ५६ प्रतिशत संस्थापन र ४४ प्रतिशत नेपाल पक्षबाट छानिनेछन्

वरिष्ठतामा अगाडि

शंकर पोख्रेल, प्रदीप नेपाल, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, पशुपति चौलागाईं, राजेन्द्रप्रसाद पाण्डे, प्रकाश ज्वाला, महेन्द्र पाण्डे, छविलाल विश्वकर्मा, वेदुराम भुसाल, अरुण नेपाल, विष्णु रिमाल, किरण गुरुङ, थममाया थापा, नागेन्द्र चौधरी, गंगालाल तुलाधर, श्रीमाया थकाली

योग्यता पुगेका
परशुमेघी गुरुङ, काशीनाथ अधिकारी, विन्दा पाण्डे, भानुभक्त ढकाल, जगन्नाथ खतिवडा, लालबाबु पण्डित, टंक कार्की, अग्नि खरेल, तुलबहादुर गुरुङ, डा। वंशीधर मिश्र, युवराज कार्की, डा। विजयकुमार पौडेल, कर्णबहादुर थापा, यामलाल क“डेल, राधा ज्ञवाली, रामप्रित पासवान, सत्यनारायण मण्डल, सानुकुमार श्रेष्ठ, गणेश तिमिल्सिना, दलबहादुर राना, गौरा प्रसाईं, जयन्ती राई, ठाकुर गैरे, राजेन्द्रकुमार राई, शेरबहादुर तामाङ, वैजनाथ चौधरी, कमलादेवी महतो, गोकुल घर्ती मगर, गोरखबहादुर बोगटी, जगत विश्वकर्मा, नजिर मिया, भागवत विश्वासी नेपाली, महिम लिम्बू, योगनारायण यादव, रामनाथ ढकाल, शेरधन राई, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेल, ममता गिरी, गरिमा शाह, चूडामणि जंगली, जीवनराम श्रेष्ठ, शत्रुध्न महतो र सुशीला नेपाल


  •  
  •  
  •