चुनावी प्रचारमा प्रतिस्पर्दा, दायाँ नेपाल बायाँ ओली

102
  •  
  •  
  •  

काठमाडौं, २७ असार (ओएनएस) मतदानको समय लम्बिदै गर्दा नेकपा एमालेको नवौ महाधिवेसनमा प्रचारको होडबाजी चलिरहेको छ । महाधिवेसनको मूल गेटको दाया बायाँ दुई पक्षका नेता कार्यकर्ता नारा, जुलुस गीत संगित सहित प्रचार गरिरहेका छन् ।

अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओली प्यानललाई जिताउन दुवै पक्ष प्रचारको होडबाजीमा लागेका छन् ।

युवाको साथमा अनुभवी नेतृत्व माधव नेपालको फोटो सहितको टिर्सट लगाएका कार्यकर्ता ओलीको प्रचार शैली हेर्दै फर्किने गरेको छन् भने ओली पक्षीय कार्यकर्ताले सबैको एउटै बोली अबको अध्यक्ष केपी ओली लेखेको टिसर्ट लगाएर प्रचार गरिरहेका छन् ।

पर्यटक बोर्ड अगाडी नेपाल पक्षीय कार्यकर्ताको प्रचार समुह छ भने विश्वभाषा क्याम्पस अगाडी ओली समुह प्रचारमा व्यस्त छ । बिचमा बार लगाएर प्रहरीले पनि पहरा दिइरहेको छ । हरेक पदाधिकारीको व्यक्तिगत प्रचार र नारावाजी पनि चलिरहेको छ ।

प्रचारलाई आकर्षण बनाउन पार्टी निकट कलाकार पनि समुहमा मिसाइएको छ । मूलगेट भित्र भने कुनै पनि उम्मेदवारको प्रचार सामग्री लिन दिइएको छैन । भित्र सुनसान जस्तै छ बाहिर निर्वाचन आयोग र निवतृमान अध्यक्ष झलनाथ खनालको निर्देशनको ठाडो उल्लंघन गर्दै प्रचार भइरहेको छ ।


  •  
  •  
  •