सुर्खेत, २५ भदौ (ओएनएस) : नेकपा एमालेका केन्द्रीय महासचिव इश्वर पोखरेलले सुर्खेतका वाढीपीडितहरूका लागि १० लाखको अर्थिक सहयोग प्रदान गरेका छन् । एमालेको केन्द्रीय कमीटीका तर्फवाट उपलब्ध गराइएको रकमको चेक एक कार्यक्रमका विच उनले सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी जगदवहादुर वस्नेतलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा वाल्दै उनले देशभरका विभिन्न स्थानमा वसोवास अव्यवस्थित भएका कारण वाढीपीडितले धेरै क्षति पु¥याएको उनले बताए । बसोवास व्यवस्थित गर्न सकिएन भने फेरी यस्तै क्षति वेर्होन पर्ने भन्दै उनले सरकारले यस तर्फ योजना र नयाँ नीति ल्याउनुपर्ने बताए ।
देश भर धेरै स्थानहरूमा वाढीपहिरो पर ेपनि सुर्खेतमा धेरै क्षति पु¥याएको उनले बताए । सुर्खेतमा मानवीय र भौतिक क्षेति पनि धेरै भएको उनको भनाइ छ । उनले वाढीपीडितहरूको घाउमा मलम लगाउनका लागी ३ तरिका भएको भन्दै तत्काल वाढी पीडितलाई राहत उपलब्ध, क्षतीपुर्तीका लागी सरकारले के गर्न सक्छ र दीर्घकालीन पुनर्वासका कुरा सरकारले गर्नुपर्ने बताए ।
खोलाका छेउछाउ र पहिरो जान सक्ने जस्ता जोखिम पुर्ण स्थानहरूमा वसोवास गर्दा क्षती भोग्न परेको उनले जनाएका छन् । अव्यवस्थीत वसोवासलाइ अन्त्य गर्न सके मात्रै वाढीपहिरोको मारमा पर्न नपर्ने भन्दै उनले पुर्व पश्चिम सबै क्षेत्रबाट यो कदम चाल्न पर्ने धारणा राखेका छन् ।
विस्थापितहरूले विताएको कष्टकर जीवनलाई सहज वनाउन एमालेले केही सहयोग गरेको पनि उनले जनाएका छन् । वीस्थापीतहरू अव राहत भन्दा स्थाइ वासको पर्खाइमा वसेको भन्दै उनले दीर्घकालीन वासका लागी सरकारले कदम चाल्न पर्ने धारणा राखेका छन् । वाढीपीडितहरूलाई जीवनयापनमा सहज वातावरण वनाउनका लागि जिल्ला स्तरका आफना कार्यकर्ताहरूलाइ निर्देशन पनि दिएका छन् । सुर्खेतमा प्रदान गरिएकोे १० लाख रकम पारदर्शी रुपमा वाढीपीडितहरूका समक्ष जान पर्ने सुझाव उनले दिए ।
यसअघि महासचिव पोखरेलले वाढीपहिरोले क्षती पु¥याएका दाङ, वर्दीया लगाएतका विभिन्न स्थानहरूमा राहत रकम सहयोग गरेका छन् । कार्यक्रममा निमिक्त प्रमुख जिल्ला अधिकारी जगदवहादुर वस्नेतले विभिन्न स्थान र क्षेत्रवाट प्राप्त भएको राहतहरू पारदर्शी रुपमा वाढीपीडित समक्ष गइ रहेको बताए । उनले एमालेले वाढीपीडितलाइ १० लाख सहयाग गरेकोमा धन्यवाद पनि दिएका छन् ।
उनका अनुसार सुर्खेतमा वाढीपहिरोले १ अरव १८ करोड ८० लाख वरावरको क्षती भएको छ । कृषी योग्य जमीन, खानेपानीका पाइप, सडकहरू, विद्यालयहरू र विभिन्न पुलहरूमा पुर्ण रुपमा या आशिक रुपमा क्षती भएको बताइएको छ ।
अहिले सम्म ५६ हजार ४ सय ५० केजी चामल, एक हजार ६ सय ५ केजी दाल, एक हजार ७ सय ७५ केजी स्यावीन, एक हजार ७ सय २२ लीटर खाने तेल लगाएतका खाद्य साम्रगी र एक हजार आठ सय ६७ सेट गैर खाद्य साामग्रीहरू वितरण भएको निमिक्त प्रमुख जिल्ला अधिकारी वस्नेतले जनाएका छन् ।
नेकपा एमालको जिल्ला अध्यक्ष नवराज रावतको अध्यक्षतामा भएको कार्यक्रमा एमालेका केन्द्रीय सदस्य यामलाल कडेल, नेकपा एमाले केन्द्रीय अनुसन्धान आयोगका सदस्य वालाराम शर्मा, वाके क्षेत्र नं. १ का सभासद देवराज भाट लगायतको सहभागीता रहेको थियो ।