भरतपुर महानगरको वास्तविक मेयर मै हुँ : देवी ज्ञवाली

416
  •  
  •  
  •  

devi gyawali
चितवन, १८ भदौ (ओएनएस) : नेकपा एमालेका नेता तथा यसअघिका भरतपुर महानगरका मेयरका उम्मेदवार देवी ज्ञवालीले आफू नै भरतपुर महानगरको वास्तविक मेयर भएको बताएका छन् ।

आजदेखि चितवनमा सुरु भएको अनेरास्ववियुको दोस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले आफू अनौपचारिक रुपमा भरतपुर महानगरको मेयर भएको बताएका हुन् ।

आफूले औपचारिक रुपमा कुर्सीमा बसरे हस्ताक्षेर मात्रै गर्न नपाएको भन्दै ज्ञवालीले चितवनका जनताले आफूलाई नै भरतपुर महानगरको वास्तविक मेयर मानेको बताए । ‘चितवनका जनताले परिवर्तनका पक्षमा मतदान गरेकै हुन्,’ उनले भने, ‘लोकतान्त्रिक पद्धति नमान्ने र निर्वाचन संहित लत्याउने शक्तिका अगाडि सीप चलने ।’

उनले चितवनलाई पनि सबै क्षेत्र स्थानीय तह जितेको धनकुटा जस्तै बनाउने सोचको भएपनि भरतपुरमा स्वार्थका निम्ती आँखा नदेख्ने महाभारतका धृतराष्ट्र प्रवृति भएकासामू योजना सफल हुन नसकेको बताए ।

उनले देवी ज्ञवालीलाई हराइएपनि एमालेलाई हराउन कुनै माइकालाल नजन्मेको बताए । अब नेकपा एमाले इतिहासले सिकाएको पाठलाई मनन् गर्दै ठोष रणनीतिका साथ अगाडि बढिरहेको उनले बताए । उनले अब प्रदेश र प्रधिनिधि सभाको निर्वाचनमा पनि एमालेलाई पहिलो हुनबाट कसैले नरोक्ने ठोकुवा गरे ।


  •  
  •  
  •