ताप्लेजुङ अग्नी पीडितलाई एमालेले १० लाख सहयोग गर्ने

230
  •  
  •  
  •  

umlकाठमाडौं ११ चैत (ओएनएस) : नेकपा एमालेले ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा लागेको आगलागीबाट पीडितहरुलाई १० लाख रुपैयाँ दिने भएको छ ।

एमालेको बुधबार बसेको स्थायी कमिटि बैठकले पीडितहरुको लागि पार्टीको केन्द्रीय कोषबाट १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको एमाले सचिव योगश भट्टराईले जनाएका छन् ।

भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘ताप्लेजुङका अग्नी पीडितहरुको लागि पार्टीको केन्द्रीय कोसबाट १० लाख सहयोग गर्ने एमाले स्थायी कमिटिको निर्णय । ’

[box type=”shadow” ]

[/box]

यसअघि सोमबार साँझ ताप्लेजुङको सदरमुकाम फुङलिङमा भीषण आगलागी भएको थियो । तोक्मे डाँडा नगरपालिकाको मुख्य बजारबाट साँझ ७ बजे सुरु भएको आगलागी राति १० बजे मात्रै निभेको थियो । आगलागीबाट ४५ घर जलेर नष्ट हुँदा ९० परिवार घरवारविहिन बनेका थिए ।

150324051835_taplejung_fire2_640x360_bbc_nocredit


  •  
  •  
  •