काठमाडौं, १६ असार (ओएनएस)े संसदीय दलको नेतामा केपी ओली निर्वाचित ओलीको उपस्थितिमा बसेकोे पहिलो संसदीय दलको बैठकमा राष्ट्रपतिको बैधानिकतालाई लिएर आलोचना भएको छ ।
संविधानसभाको निर्वाचनपछि एमाले संसदीय दलका नेता केपी ओलीले वर्तमान राष्ट्रपतिलाई अहिलेको संविधानसभाले नचिन्ने भन्दै संविधानसभालाई सम्बोधन गरेका थिए । एमाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको गर्नुपर्ने पक्षमा थियो । आफ्नो अडानमा कायम रहेको एमाले र कांग्रेसबीच सहमति भएपछि वर्तमान राष्ट्रपतिलाई नै स्वीकार गरेको थियो । त्यो पनि संविधानसभाले अनुमोदन गर्ने शर्तमा ।
संविधानसभाबाट अनुमोदन नभइ आइतवार राष्ट्रपति सरकारको नीति तथा कार्यक्रममा सहभागी भएका थिए । सोही विषयलाई लिएर एमाले संसदीय दलको बैठकमा सभासदहरुले आक्रोश पोखे । ‘संसदले नचिनेको राष्ट्रपतिले कसरी संसदमा आएर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो, एमाले सभासद यज्ञराज सुनुवारले भने,‘ सोही विषयमा अधिकांश साथीहरुले आपत्ति जनाउनु भयो ।’ सभासदहरुले नीति तथा कार्यक्रम पेस हुनुअघि एमालेले संसदीय दलले छलफल नचलाएको भन्दै आपत्ति जनाएका थिए ।
बैठकमा सरकारको नीति तथा कार्यक्रमका विषयमा पनि विरोध भएको छ । संयुक्त सरकारले ल्याएको नीति तथा कार्यक्रम कांग्रेसको एकलौटी सरकारको जस्तो भएको भन्दै असन्तुष्टि जनाएको सुनुवारले जानकारी दिए ।
बैठकमा संसदीय दलका नेता ओलीले संयुक्त सरकार भएका कारण कतिपय कुरामा कम्प्रोमाइज गर्नुपरेको बताएका थिए ।