एमालेको नवौं महाधिवेशन केही बेरमा सुरु हुँदै

166
  •  
  •  
  •  

काठमाडौं, १९ असार (ओएनएस) । नेकपा एमालेको नवौं महाधिवेशन केही बरेमा सुरु हुँदै छ । राजधानीको भृकुटी मण्डपमा हुने महाधिवेशनमा वरिष्ठ नेता माधव नेपाल र संसदीय दलका नेता केपी ओलीबीच प्रतिस्पर्धा हुँदैछ । सैद्धान्तिक वैचारिक समस्या हल गर्ने र पार्टीलाई अँझ बढी क्रियाशिल बनाउने योजनाका साथ भृकुटीमण्डपमा बिहीवार १ बजे उद्घाटन हुने महाधिवेशन असार २४ गतेसम्म चल्नेछ ।

महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व लिन वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली दौडमा छन् । नेपाल र ओली मध्ये कसलाई नेतृत्व सुम्पने भन्ने जोड–घटाउ पार्टीभित्र तीव्र रुपमा भइरहेको छ ।

नेतृत्वको दौडमा नरहेका वर्तमान अध्यक्ष झलनाथ खनाल सर्वसम्मत भएको अवस्थामा दोस्रोे कार्यकाल अध्यक्ष हुन तयार रहेको बताउँदै आएका छन् । झन्डै २ हजार ३ सय ५० प्रतिनिधिहरु सहभागी हुने महाधिवेशनमा तीनवटा प्रतिवेदन पेस हुनेछन् । एमालेले महाधिवेशनलाई उच्च प्रविधियुक्त बनाएर महत्वपूर्र्ण सबै गतिविधि पार्टीको वेबसाइटबाट प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ ।

उद्घाटन समारोहलाई ग्राफिक एनिमेसन, थ्रिडी एनिमेसन र मेकानिकल एनिमेसनको प्रयोग गरी विशेष र आकर्षक बनाउने मूल व्यवस्थापन समिति संयोजक ईश्वर पोखरेलले बताए । महाधिवेशनस्थलमा उच्च क्षमताको इन्टरनेट उपलब्ध गराउने एमालेले प्रतिनिधिहरुलाई बारकोड युक्त परिचयपत्रको व्यवस्था गरेको छ । एकै परिचयपत्र खाना, हाजिरी, महाधिवेशनस्थलमा प्रवेशलगायत प्रयोजनका लागि उपयोग हुनेछ ।

माधव समुहको युवा भेला
यसैबीच महाधिवेशन उद्घान हुनुभन्दा केही समय पहिला राजधानीस्थित एक होटलमा देशभरीबाट आएका युवा प्रतिनिधिको भेला भएको छ । माधव समुहले बोलाएको भेलामा ५० वर्ष उमेरभन्दा तलका प्रतिनिधिलाई बोलाइएको थियो । भेलामा करिब ६ सय प्रतिनिधि सहभागी भएको एक नेताले बताए ।

यस्तो हुनेछ एमालेको नवौ महाधिवेसन


  •  
  •  
  •