काठमाडौं, १९ असार (ओएनएस) । एमालेको नवौं महाधिवेशनको उद्घाटन शत्र राजधानीको भृकुटीमण्डपमा जारी छ । दिउँसो १ बजे उद्घाटन भनिए पनि २ बजेभन्दा ढिलो उद्घाटन भयो । उद्घाटन शत्र निकै अव्यवस्थित देखियो ।
यसअघि रोबर्टबाट उद्घाटन गर्ने कार्यक्रम तय भए पनि प्रविधिले धोका दिँदा एमाले अध्यक्ष झलनाथ खनालले पानसमा बत्ती बालेर औपचारीक रुपमा महाधिवेशन उद्घाटन गरेका छन् । उद्घाटनस्थलमा रोबोट हेलिकप्टरले पुष्पवर्षा भने गरेको थियो ।
रामचन्द्र पौडेललाई पदको चिन्ता
उद्घाटन सत्रमा संविधानसभाका प्रतिनिधित्व गर्ने सवैजसो दलको सहभागिता रहेको छ । प्रमुख दलका दोस्रो तहका नेताहरू उद्घाटन समारोहमा अतिथिका रुपमा सहभागि छन् । राप्रपा बाट पशुपति समशेर राणा र सूर्यबहादुर थापा दुइटै सहभागि हुन पुगेका थिए । सम्वोधन राणाले गरेका थिए । उद्घाटन शत्रको उदघोषण गरिरहेका महासचिव ईश्वर पोखरेलले रामचन्द्र पौडेललाई उपसभापतिको हैसियतमा आसन ग्रहणका लागि बोलाउँदा उनी आफैले कार्यवाह सभापति भनेर सच्याउन लगाएका थिए । नेपालका राजनीतिक दलका नेताहरूले बोलिसकेपछि विदेशी अतिथिहरूले बोलेका छन् ।
ओली अन्तिमा पुगे
एमाले महाधिवेसनमा अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल छिट्टै पुगे पनि नेता केपी शर्मा ओली उद्घाटन समारोह सुरु हुने केहीबेर अघि मात्रै पुगेका थिए । उनलाई कार्यकर्ताको भीडबाट छलेर भित्र पुरयाउन निकै हम्मे परेको थियो । उनको गाडीलाई महाधिवेसन स्थल भित्रै लैजान चाहे पनि ट्राफिक प्रहरीले सुरक्षा दिने तर गाडी नसकिने बताएपछि प्रहरी र स्वयंसेवकले सुरक्षा पहरा दिएर भित्र पुर्याएका थिए।
भित्र उद्घाटन, बाहिर नारावाजी
भित्र उद्घाटन भइरहँदा भित्र पस्न नपाएको भन्दै कार्यकर्ताहरूले भने प्रदर्शनी मार्गमा प्रदर्शन गरेका छन् । उनीहरूको प्रहरीसंग झडप समेत भएको थियो । कार्यकर्ताले व्यानरहरू तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् । गृहमन्त्री वामदेव गौतम विरुद्ध पनि नारावाजी गरेका थिए । मन्त्री गौतमले नारावाजी गर्ने ार्यकर्तालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएका छन् । उद्घाटन सत्रमा पनि हेर्न नपाएको भन्दै कार्यकर्ताहरूले लेबि फिर्ताको माग गर्दै लामो समय नारावाजी गरेका छन् । अपरान्ह ४ बजे प्रदर्शन केही मत्थर भएको छ ।
प्रतिनीधिलाई बाहिर आउन रोक
महाधिवेसनमा प्रतिनिधि भएर आएकाहरू बाहिरभित्र गर्न थालेपछि प्रहरीले रोक लगाएको छ । बाहिर प्रदर्शन भइरहेको र अप्ठ्यारो पर्ने भन्दै भित्र पसेकाहरूलाई भित्रै रोकेको छ । महाधिवेसनको व्वस्थापनका विषयमा नेताहरूले नै आलोचना गरेका छन् ।