एमालेको नवौं महाधिवशेन सुरु

313
  •  
  •  
  •  

काठमाडौं, १९ असार (ओएनएस) । नेकपा एमालेको नवौं महाधिवेशन सुरु भएको छ । राजधानीको भृकुटी मण्डपमा हाइटेक प्रविधिमा महाभिवेशन उद्घाटन भयो । यन्त्रमानवले पानसमा वत्ती बालेर महाधिवेशन उद्घाटन गर्यो । उद्घाटन समारोहका अतिथिहरुलाई हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । अहिले नेताहरुले शुभकामना मनतव्य दिने कार्य भइरहेको छ ।

महाधिवेशनमा वरिष्ठ नेता माधव नेपाल र संसदीय दलका नेता केपी ओलीबीच प्रतिस्पर्धा हुँदैछ । सैद्धान्तिक वैचारिक समस्या हल गर्ने र पार्टीलाई अँझ बढी क्रियाशिल बनाउने योजनाका साथ भृकुटीमण्डपमा बिहीवार १ बजे उद्घाटन हुने महाधिवेशन असार २४ गतेसम्म चल्नेछ ।

महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व लिन वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली दौडमा छन् । नेपाल र ओली मध्ये कसलाई नेतृत्व सुम्पने भन्ने जोड–घटाउ पार्टीभित्र तीव्र रुपमा भइरहेको छ ।

नेतृत्वको दौडमा नरहेका वर्तमान अध्यक्ष झलनाथ खनाल सर्वसम्मत भएको अवस्थामा दोस्रोे कार्यकाल अध्यक्ष हुन तयार रहेको बताउँदै आएका छन् । झन्डै २ हजार ३ सय ५० प्रतिनिधिहरु सहभागी हुने महाधिवेशनमा तीनवटा प्रतिवेदन पेस हुनेछन्


  •  
  •  
  •