७ प्रदेश सहितको कांग्रेस एमाले साझा धारणा संविधानसभामा

145
  •  
  •  
  •  

काठमाडौं १७ कात्तिक (ओएनएस) :  सत्तासिन नेपाली कांग्रेस र नेकपा एमालेले ७ प्रदेश सहितको साझा धारणा संविधानसभामा छलफलका लागि प्रवेश गराएका छन् । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा कांग्रेस एमालेको साझा अवधारणा प्रस्तुत गरेका छन् । दुईदलको तर्फबाट एमाले अध्यक्ष अध्यक्ष केपी ओलीले साझा अवधारणाको दस्तावेज पेस गरेका हुन् । सकेसम्म अरु दललाई पनि सहमतिमा ल्याउने र सहमति जुट्न नसके दुई तिहाई बहुमत जुटाएर त्यसकै आधारमा प्रक्रिया मार्फत संविधान बनाउन सत्तासिन दलले साझा धारणा बनाएका हुन् ।

सात पेज लामो दुईदलको प्रस्तावमा पहिचान र सामथर्यका आधारमा प्रदेशको संख्या छुट्याइएको उल्लेख छ। साझा धारणा पेस गर्दै एमाले अध्यक्ष ओलीले अब प्रक्रियाबाट नै टुङ्गो लगाउने पर्ने बताए ।

[box type=”shadow” ] दुईदलको प्रस्तावमा पूर्वमा कोशी प्रदेश, जानकी प्रदेश, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश गरी सात वटा प्रदेश[/box]

एक सदस्यका अनुसार त्यसमाथि अहिले छलफल भइरहेको छ। आज बिहान दुई दल बसेर हिजोका सहमतिलाई अन्तिम रुप दिएका थिए । दुईदलको प्रस्तावमा पूर्वमा कोशी प्रदेश, जानकी प्रदेश, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेश गरी सात वटा प्रदेश बनाउने  प्रस्ताव छ ।

शासकीय स्वरुपमा सुधारिएको संसदीय ब्यवस्था राख्ने जसमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाईने प्रस्ताव गरिएको छ । निर्वाचन प्रणालीमा तल्लो सभा अर्थात प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित र माथिल्लो सभा अर्थात राष्ट्रिय सभा पुर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने, सर्वोच्च अदालतको प्रधानता रहने गरी एकीकृत न्यायप्रणाली रहने प्रस्ताव छ । दुईदलको साझा प्रस्तावमा दुई तिहाई जुटिसकेको उनीहरुले दावी गरेका छन् ।

एमाओवादी र मधेसवादी दलले ५ प्रदेशलाई नै सात बनाउन खाजेको बताएका छन् । बैठकपछि बाहिरिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस-एमालेको प्रस्तावमा पाँच विकास क्षेत्रलाई ७ बनाएको भनेर बुझ्ने गरि आएको टिप्प्णी गरे । ‘चौध अन्चललाई सातमा बाँडेर संघियता हुन सक्दैन’ उनले भने ‘त्यो प्रस्तावमा संघियताको गन्ध आएको छैन ।’

 

कांग्रेस एमालेको सहमति सहितको दस्तावेजमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष सूर्यबहादुर थापा, दलित जनजाती पार्टीका अध्यक्ष विश्वेन्द्र पासव, दुई स्वतन्त्र सभासदहरु चन्द्रदेव झा, अख्तरकमाल मुसलमानले हस्ताक्षर गरेका छन् ।


  •  
  •  
  •