नेकपा एमालेले बटमलाईन तय गर्दै

84
  •  
  •  
  •  

काठमाडौं३० पुस (ओएनएस) :

संविधान निर्माणका प्रक्रियाका विषयमा नेकपा एमालेले आफ्नो बटकलाइन तय गर्ने भएको छ । दलहरुबीच भएको छलफल, एमाओवादी नेतृत्वको मोर्चाले राखेको अडानका आधारमा संविधान निर्माणको बटमलाइन तयार गर्नेछ । आज बस्ने स्थायी समितिको बैठकबाट संविधान जारी गर्ने मिति, प्रक्रिया र विवादित विषयमा धारणा तय गर्ने एमालेले जनाएको छ ।

एमालेका सचिव योगेश भट्टराईले माघ ८ मा नै संविधान ल्याउने कुरा सम्भव नदेखिएकाले त्यसमा पनि पार्टीको धारणा बनाउने र त्यसै अनुसार नागरिकलाई जानकारी दिए बताए । उनले एमालेले जोडबलले मात्रै सम्भव नदेखिएकाले अब प्रक्रियामा जाँदा लाग्ने समयको हिसाव किताव गरेर नयाँ मितिका विषयमा पनि छलफल हुने बताए । बैठक बिहान ११ बजेपछि बोलाइएको छ ।

कांग्रेस पनि आन्तरिक रणनीतिमा

Congress-flag_20131025042358नेपाली कांग्रेसले पनि संविधानका अन्र्तबस्तुमा छलफल गर्दैछ । नेपाली कांगे्रसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठकमा संविधान निर्माणका बारेमा पार्टीले गरिरहेको पहल र भूमिका लगायतका विषयमा छलफल हुने भएको छ । साथै अहिलेसम्म भइरहेका प्रगतिबारे जानकारी गराउँदै सभासद् तथा केन्द्रीय सदस्यहरुबाट सुझाव पनि लिइने कांगे्रसले जनाएको छ । संयुक्त बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।


  •  
  •  
  •