काठमाडौं, २६ असार (ओएनएस) । राजधानीमा जारी एमालेको महाधिवेशनमा आजबाट चुनावी प्रक्रिया सुरु भएको छ । चुवानी प्रक्रिया सुरु भएपछि माधवकुमार नेपाल समूहले १५ सदस्यीय पदाधिकारीको लागि उम्मेदवारी घोषणा गरेको छ । १४ जना पदाधिकारी मध्ये एक उपाध्यक्ष र २ सचिब वर्तमान अध्यक्ष झलनाथ खनालका लागि छेट्याइएको छ ।
पुतलिस सडकस्थित एक होटलमा आयोजित कार्यक्रममा अध्यक्षका उम्मेदवार नेपालले आफ्नो टिमको नाम घोषणा गरे । उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र लालबाबु पण्डित छन् । त्यस्तै महासचिवमा सुरेन्द्र पाण्डेको नाम घोषणा भएको छ ।
नेपाल प्यानलको उपमहासचिवमा घनश्याम भुषाल र रघुजी पन्तको नाम घोषणा भएको छ भने पाँच सचिवमध्ये ३ जनाको मात्र नाम घोषणा भएको छ । तीनजनामा बेदुराम भुषाल, गोकण विष्ट र योगेश भट्टराईको नाम घोषणा गरिएको छ । खनालले उपाध्यक्षमा राजेन्द्र पाण्डे तथा सचिवमा परशुराम मेघी गुरुङ र भीम आचार्यलाई अघि सार्न खोजेका छन् ।
अध्यक्ष – माधव नेपाल
उपाध्यक्षमा
युवराज ज्ञवाली,
भीम रावल,
अष्टलक्ष्मी शाक्य
लालबाबु पण्डित र
राजेन्द्र पाण्डे
महासचिवमा – सुरेन्द्र पाण्डे
उपमहासचिव – घनश्याम भुसाल र रघुजी पन्त
सचिवहरु –
योगेश भट्टराई,
गोकर्ण विष्ट,
भीम आचार्य
पर्शुराममेघी गुरुङ
वेदुराम भूषाल
Comments are closed.