एमाओवादी माघ ८ ‘बिथोल्‍दै’

115
  •  
  •  
  •  

काठमाडौं २७ कात्तिक ।

प्रधानमन्त्री सुशील कोइरालाले अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग सत्ता साझेदार दलहरू पूर्वनिधारित समय माघ ८ मा संविधान जारी गर्न प्रतिबद्ध रहेको तर त्यसमा एमाओवादीले भाँजो हालेको बताएका छन्। उनले एमाओवादी सहमतिमा नआएर बाधक बनिरहे संविधानसभाको एेन/नियम र प्रक्रियाअनुसार संविधान निर्माण गरिने प्रष्ट पारे।

राजधानीस्थित विभिन्न देश र नियोगका प्रतिनिधिहरूलाई संविधान निर्माणको वर्तमान अवस्थाबारे व्रिफिङ गर्दै प्रधानमन्त्री कोइरालाले भने, ‘माघ ८ मा संविधान ल्याउनु पर्छ भन्ने हाम्रो दृढ धारणा छ तर एमाओवादी संविधान जारी गर्न नदिनेगरि अघि बढेको छ।’ होटेल सोल्टीमा आयोजना गरिएको बिफ्रिङ कार्यक्रममा सत्तासाझेदार दल एमाले अध्यक्ष केपी ओली र राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा उपस्थित थिए।
प्रधानमन्त्री कोइरालाले आफ्नो दल कांग्रेस र सत्ता साझेदार एमाले, राप्रपासहितका दलको सहमतिमा संवैधानिक संवाद तथा सहमति समितिमा पेस गरेको सात प्रदेशसहितको संविधानको अवधारणामा दुई तिहाईभन्दा बढी सभासद्को समर्थन रहेको जानकारी गराए। ‘हामीले अघि सारेको संविधानको अवधारणामा संविधानसभामा दुई तिहाईभन्दा बढिको समर्थन छ’, उनले भने, ‘तर पनि हामी सबैको सहमतिमा संविधान ल्याउने पक्षमा छौं।’
एमाओवादीले संविधान निर्माण्मा बाधक बने संविधानसभाको एेन/नियम अनुसार प्रक्रियाबाट अघि बढ्ने उनले बताए। ‘सकभर सहमतिमा संविधान ल्याउन हामी अधिकतम प्रयास गर्ने र्छौ’, उनले भने, ‘तर एमाओवादी सहमतिमा नआउने हो भने संविधानसभाको विधि र प्रक्रिया अनुसार अघि बढ्छौं।’
कार्यक्रममा एमाले अध्यक्ष ओलीले संविधानसभाले पारित गरेको कार्यतालिकाभित्र संविधान जारी गरेर संक्रमणकाल अन्त्य गर्नुपर्ने तयारीमा आफूहरू रहेको बताए। उनले विभिन्न फरकफकर विचार राख्ने दलहरु संविधानसभामा भएकाले पनि सबैको सहमतिमा संविधान ल्याउन नसकिने धारणा राखे। ‘संघीय लोकतान्त्रिक गणतन्त्रसहितको लोकतान्त्रिक संविधान ल्याउनेमा हामी प्रतिबद्ध छौं’, ओलीले भने, ‘तर त्यसमा सबैको सहमति सम्भव छैन, त्यसो हुँदा प्रक्रियाअनुसार संविधान ल्याउनु पर्छ।’
ओलीले माघ ८ मा संविधान जारी गर्ने बाटो देखाउन नै आफुहरुले सात प्रदेशसहितको संविधानका अन्तरवस्तुको खाका संवाद समितिमा पेश गरेको बताए। ‘संविधानसभाको कार्यकाल चार बर्ष लेखेको छ’, ओलीले भने, ‘तर पनि हामीले जनातालाई एक बर्षमा सविधान दिन्छौ भनेकाले त्यसमा प्रतिवद्ध छौं।’
ओलीले कसैलाई निषेध गर्ने आफुहरुको नीति नभएको तर सहमतिाम नआए संविधान निर्माण प्रक्रिया नरोकिने ज्ञान एमाओवादीमा हुनु आवशयक रहेको बताए।
राप्रपा अध्यक्ष राणाले संविधान जारी गर्न आफुहरु प्रतिवद्ध रहेको बताएका थिए । उनले कसैले आफ्नो हितमा नहुने देखेर प्रक्रिया रोक्न नमिल्ने बताए ।
व्रिफिङ कार्यक्रममा यसअघि कांग्रेस-एमालेले संवाद समितिमा पेश गरेको सात प्रदेश सहितको अवधारणा अग्रेजीमा अनुवाद गरी राजदुतहरुलाई वितरण गरिएको थियो । कार्यक्रममा राजदुतहरुलाई बोल्न भने दिइएको थिए ।
व्रिफिङ पछि भएको अनौपचारिक छलफलमा युरोपीयन युनियनका राजदुतहरुले माओवादीलाई पनि सहमतिमा ल्याएर संविधान जारी गर्न सके नेपालले दिर्घकालिन शान्ति र प्रगतिको बाटोमा अघि बढ्ने धारणा राखेका थिए । कांग्रेस-एमालेले सात प्रदेश सहितको संविधानका अन्तरवस्तुका बारेमा आफ्नो धारणा संवाद समितिमा पेश गरेपछि एमाओवादीसँग दुरी बढेको छ ।
कांग्रेस-एमालेको धारणा आएपछि एमाओवादी नेता बाबुराम भट्राई सभापति भएको संवाद समिति निर्णय विहिन भएको छ । कार्तिक ११ गते बसेको समितिको बैठक नटुङगाई बैठक स्थगित हुदै आएको छ । प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल भने संवाद र सहमतिको कसरत छोडेर रोल्पा भ्रमणमा गएका छन् ।
कार्यक्रममा कांग्रेस सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल, सुचना तथा संचार मन्त्री मिनेन्द्र रिजाल सहभागि थिए । एमालेबाट अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल र प्रमुख सचेतक अग्नी खरेल सहभागि थिए । राप्रपाबाट अध्यक्ष राणा र नेता दिपक बोहारा सहभागि थिए ।
कार्यक्रममा नेपालमा रहेको विभिन्न दुतावासका राजदुतहरु, अन्तराष्ट्रिय संघ संस्थाका प्रतिनिधि लगायत दुई दर्जनभन्दा बढि कुटनीतिज्ञहरू सहभागि थिए । नेपालको राजनीतिमा गहिरो चासो राख्ने भारतीय राजदुत रञ्जित रे भने कार्यक्रममा सहभागि थिएनन्।  अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •  

Comments are closed.