काठमाडौं २२ असार (ओएनएस) : नेकपा एमालेको नवौं महाधिवेशनमा आजदेखि नीतिगत विषयमा छलफल सुरु हुनेभएको छ । शनिबार पेस भएका प्रतिवेदनमाथि छलफल गर्न आज आइतबार समुह विभाजन गरिने भएको छ । छलफलका लागि २१ व्टा समुह बनाउने तयारी छ । समुह विभाजनमा छलफल भएपछि त्यसका आधारमा नीति तय गरिनेछ ।
त्यसअघि बिहान सुरुहुने बन्द सत्रमा आज केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगको प्रतिवेदन पेश हुने छ । अध्यक्षको राजनीतिक प्रतिवेदन, महासचिवको सांगठानिक प्रतिवेदनका साथै विधान संशोधन प्रस्ताव र अनुशासन आयोगको प्रतिवेदन हिजो नै पेश भइसकेको छ । खनालबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा अब राजनीतिक क्रान्ति पूरा भएकाले अब क्रान्तिका सामाजिक आर्थिक कार्यभारसहित पार्टी र कार्यकर्तालाई उत्पादनसँग जोडने कुरा उल्लेख गरिएको छ । प्रचार विभाग प्रमुख ज्ञवालीका अनुसार जनताको बहुदलीय जनवादको मार्गदर्शनमा विसं। २०८० भित्र नेपाललाई अल्पविकसित मुलुकको सूचीबाट माथि उठाउने लक्ष्य प्रतिवेदनले लिएको छ ।
बँदलिँदो स्थितिमा छिमेकीसँग राष्ट्रवादलाई केन्द्रमा राखेर पारस्परिक सम्बन्ध विस्तार गर्ने, कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस नै मुख्य प्रतिस्पर्धीअ भएकाले आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउने, बहुपहिचानका सात प्रदेशसहित एक वर्षमा नयाँ संविधान बनाउने पनि राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस नै देशका मुख्य प्रतिस्पर्धी र अन्य पार्टी अवसरको खोजीमा जन्मेका तथा संस्थागत हुन नसकेको ठहर राजनीतिक प्रतिवेदनमा गरिएको छ । अब क्रान्तिका सामाजिक, आर्थिक कार्यभार पूरा गर्नुपर्ने र देश अहिले प्रारम्भिक पूँजीवादमा रहेको निश्कर्ष त्यसमा छ । प्रतिवेदनले जनताको बहुदलीय जनवादको २२ वर्षको समीक्षा गर्दै त्यसको अपरिहार्यता झन् प्रमाणि हुँदै गएको ठहर गरेको छ ।