एमाले महाधिवेसनमा नीति र संगठनको विषय प्रवेश

253
  •  
  •  
  •  

काठमाडौं २१ असार (ओएनएस) : नेकपा एमालेको नवौ महाधिवेसनमा राजनीतिक र सांगठनिक प्रतिवेदन आज पेस भएको छ । राजनीतिक प्रतिवेदनले पार्टीको नीतिलाई केन्द्रीय गरेको छ भने संगठानिक प्रतिवेदनले पार्टी संगठनका विषयमा प्रस्ताव गरेको छ । प्रतिवेदनमा पार्टीलाई सामाजिक, आर्थिक विकासमा परिचालनमा जोड दिइएको छ । एमालेप्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले पार्टीलाई अझ बढी लोकतान्त्रीकरण्ँ गर्ने र नेतृत्व हस्तान्तरण्ँ गर्दै जानेबारे प्रतिवेदन केन्द्रित रहेको बताए । पार्टी र कार्यकर्तालाई उत्पादन जोड्ने भन्दै एमालेले पार्टीका हरेक सदस्य उत्पादनमा लाग्नुपर्ने नीति लिएको छ ।

प्यालन घोषणामा बन्देज

नेतृत्वका लागि गुटगत प्यानल बन्देज लगाइएको हो । गुटगतको प्यानलले पार्टीमा गलत सस्कृति निम्त्याउने भन्दै घोषित रुपमा नै गुटगत प्यानल बनाउन नपाइने भएको हो । पार्टी विधानले पनि घोषित प्यानल बनाउन नदिने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । अध्यक्ष झलनाथ खनालले पनि गुटगत प्यालन घोषणा गरेर प्रचारमा नजान निर्देशन दिएका छन ।
पार्टी सदस्यता एकै खाले

एमालेले फौजदारी अभियोग लागेकाहरुलाई पार्टी सदस्यता नदिने भएको छ । पार्टी सदस्यता एकै खाले
एमालेले फौजदारी अभियोग लागेकाहरुलाई पार्टी सदस्यता नदिने भएको छ । एमाले सदस्य लिनेले राज्यको नीतिपनि मान्नुपर्ने भएकाले फौजदारी अभियोग लागेकालाई सदस्यता दिइने छैन । एमालेले दुईखाले सदस्यता वितरण्ँ गर्ने पुरानो प्रावधान खारेज गरेर एकैखाले सदस्य रहने प्रवक्ता ज्ञवालीले बताए ।


  •  
  •  
  •