एमाले महाधिवेसनमा आजदेखि नीतिगत विषयमा छलफल

268
  •  
  •  
  •  

काठमाडौं २१ असार (ओएनएस) : नेकपा एमालेको नवौ महाधिवेनमा आजदेखि नीतिगत विषयमा छलफल हुने भएको छ । बिहान ९ बजेपछि सुरु हुने बन्दसत्रमा बन्द सत्रमा शुक्रबार अबेरस पेस भएको झलनाथ खनालले राजनीतिक प्रतिवेदनमा छलफल सुरु हुनेछ । अध्यक्ष खनालले बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुति गरेपछि संगठनसम्बन्धी प्रस्ताव महासचिव ईश्वर पोखरेल र विधानसम्बन्धी प्रस्ताव सचिव युवराज ज्ञवालीले प्रस्तुत गर्नेछन् । नेताहरूले सम्बोधन गरेपछि समूहगत रूपमा छलफल हुनेछ।

समाजवादतर्फ जाने

खनालको राजनीतिक प्रतिवेदनमा राजनीतिक क्रान्तिको नेतृत्व गर्ने कार्य पूरा भएकाले अब आर्थिक समृद्धि हासिल गर्न देशलाई अगाडि बढाउने नेताका रूपमा पार्टीलाई विकास गर्न जोड दिइएको छ ।

‘पार्टीका सामु राष्ट्रिय हित र जनताको सुख समृद्धिलाई केन्द्र भागमा राख्दै सामन्ती अवशेषलाई समाप्त पार्ने, प्रगतिशील उत्पादकशक्तिको तीव्रताका साथ विकास गर्ने, आर्थिक विकासलाई केन्द्रविन्दुमा राखेर राष्ट्रलाई अघि बढाउने र मुलुकलाई समुन्नति तथा समृद्धिको दिशातिर छिटो छिटो अग्रसर गराउने कार्यभार छन्’– प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै जबजलाई मार्गदर्शक सिद्धान्तको रुपमा अवलम्बन गरिएकाले त्यसअनुसरा समाजवाद लोकतान्त्रिक विधिभित्रै रहेर निर्माण हुने तथा समाजवादको पनि राजनीतिक व्यवस्था आधारभूत रुपले लोकतान्त्रिक गणतन्त्र नै हुने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, “लोकतान्त्रिक गणतन्त्रलाई स्वच्छन्द पुँजीवादको विकासतर्फ अगाडि बढाउन चाहने बुर्जुवावर्ग र लोकतान्त्रिक गणतन्त्रको आर्थिक–सामाजिक तथा साँस्कृतिक ढाँचा विकास गर्दै समाजवादतर्फ जाने श्रमजीवीवर्गबीचमा अन्तरविरोध चर्किँदै गई समाजवादसम्मको ढोका खुलेको छ ।”

पार्टीका नेताहरू आउँदा वा जाँदा वा कुनै पनि सन्दर्भमा महाधिवेशन परिसर वा महाधिवेशनस्थलमा कसैको पक्षमा वा विपक्षमा हुटिङ गर्न नपाउने व्यवस्था गरिएको छ।

केन्द्रिय कमिटी भने बिघटन भएन

यसपटक अध्यक्ष मण्डल बने पनि केन्द्रिय कमिटी भने बिघटन भएको छैन। बिगतमा अध्यक्ष मण्डल बन्नासाथ केन्द्रिय कमिटी बिघटन हुने गर्दथ्यो तर आठौ महाधिबेशनबाट बिधान संशोधन गरी महाधिबेशनबाट अर्को केन्द्रिय कमिटी निर्बाचित भएपपछि मात्रै स्वत बिघटन हुने ब्यबस्था गरिएको थियो। शुक्रबार अपरा≈न १ बजे प्रारम्भ हुने भनिएको बन्द सत्र तीन घण्टा ढिलो शुरू भएको थियो। नवौं महाधिवेशनमा अध्यक्षका लागि वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओली अध्यक्षका लागि प्रत्यासी भएका कारण मनोनयनमा विवाद भएको हो।


  •  
  •  
  •