काठमाडौं, २० आसार (ओएनएस) । राजधानीमा जारी एमालेको नवौं महाधिवेशनको बन्द शत्र सञ्चालनका लागि गठन गरिएको अध्यक्ष मण्डलमा अध्यक्षका प्रत्यासी माधव नेपाल र केपी ओली समूहबीच भागबण्डा भएको छ ।
शुक्रबार १ बजेबाट सुरु हुने बन्द शत्र सञ्चालनका लागि एमाले अध्यक्षमण्डललगायतका कमिटीहरु बनाएको छ । बिहीबार बल्खुमा बसेको स्थायी समितिको बैठकले प्रतिनिधि मनोनयन गर्न नसके पनि महाधिवेशन सम्पन्न गर्नका लागि नेताहरुलाई भने जिम्मा दिएको छ । महाधिवशेन सञ्चालन गर्ने मुख्य जिम्मेवारी रहने १३ सदस्यीय अध्यक्षमण्डलमा ओली समूहबाट विद्या भण्डारी, ईश्वर पोखरेल, छविलाल विश्वकर्मा, धर्मनाथ साह, भोजराज जोशी र किरण गुरुङ र मुकुन्द न्यौपाने छन् भने नेपाल समूहबाट भरतमोहन अधिकारी, अष्टलक्ष्मी शाक्य, भीम रावल, राजेन्द्र पाण्डे, युवराज ज्ञवाली, नागेन्द्र चौधरी, छन् ।
त्यसैगरी, स्टेरिङ कमिटीमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, रघु पन्त, घनश्याम भुसाल, बेदुराम भुसाल, विजय पौडेल, केशवलाल श्रेष्ठ, विष्णु रिमाल, अग्नि खरेल र रघुवीर महासेठ छन् । माइन्युट कमिटीमा पृथ्वी सुब्बा गुरुङ, प्रकाश ज्वाला, काशीनाथ अधिकारी, गंगालाल तुलाधर, गरिमा शाह, शत्रुघ्न महतो, परशुमेघी गुरुङ, भानुभक्त ढकाल र गोरखबहादुर बोगटी छन् भने बहस नोट कमिटीमा थममाया थापा, राजेन्द्र गौतम, शेरबहादुर तामाङ, जगन्नाथ खतिवडा, ममता गिरी, कृष्णगोपाल श्रेष्ठ, डा बंशीधर मिश्र, भानुभक्त जोशी, गणेश तिमिल्सेना, श्रीप्रसाद साह र जगत विश्वकर्मा छन् ।
अध्यक्षले केन्द्रीय कमिटी विघटन गरेपछि महाधिवेशनको सम्पूर्ण काम अध्यक्षमण्डलले गर्दछ ।