एमाले नवौ महाधिवेसन बन्दसत्र आजदेखि

394
  •  
  •  
  •  

काठमाडौं २० असार (ओएनएस) : नेकपा एमालेको नवौं महाधिवेशनमा आजदेदि बन्दसत्र सुरु हुँदैछ । आज दिउँसोबाट बन्द्य सत्र सुरुहुने बन्दसत्रमा एमालेका नीति र संगठनात्मक संरचनाका विषयमा छलफल हुनेछ । अध्यक्ष झलनाथ खनालको राजनीतिक र इृश्वर पाखरेलेको विधान स.सोधन र संगठनात्मक प्रतिवेदन पेस हुनेछन् । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बन्द्यसत्र दिउँसो १ बजेबाट सुरु हुने बताए ।

भृकुटीमन्डपमा बन्द सत्र सुरु हुनुअघि सबै प्रतिनीधिहरुलाई पास वितरण गरिसकिनेछ । पाँच प्रतिशत प्रतिनिधि मनोनयन, व्यवस्थापन लगायतका कामहरु बाँकी रहेका कारण बन्द सत्र ढीलो शुरु हुन लागेको हो । त्यसअघि अहिले बिहान एमाले स्थायी समितिको बैठक बस्दैछ । पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा मनोनयन सदस्यमा सहमति खोजीका साथै बन्द्यसत्रमा पेस गर्ने दस्तावेज र कार्ययोजनामा सामान्य छलफल हुनेछ । मनोनित सदस्यमा गुटगत विवाद देखिएपछि हिजो निर्णय हुन सकेका थिएन । एमालेले मनोनयन गर्ने १ सय ११ जना प्रतिनिधिको नाम टुंगो लगाउन सकेको छैन् । बाँकी रहेकाहरुलाई पार्टी कार्यालय बाट नै परिचयपत्र वितरण गरिनेछ ।

बहुपदीयमा जादै
नवौ महाधिवेसनबाट एमाले बहुपदीय संरचनालाई बढाउने भएको छ । विधान संसोधन प्रस्ताव पारित भइसँगै २०६५ सालमा बुटवलमा भएको आठौं महाधिवेशनपछिको पदाधिकारीमा थपिनेछ । मासचिवबाट अध्यक्षात्मक प्रणालमिा गएको एमालेले अध्यक्ष कायम राख्दै, उपाध्यक्ष र सचिव थप्नेछ भने उपमहासचिव नयाँ पद सृजना गर्दैछ ।
पाँच उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र पाँच सचिव चयन गर्नेछ । त्यसका साथै १ सय १५ पूर्ण र ३४ वैकलल्पिक गरि १४९ सदस्यीय केन्द्रिय समिति चयन गर्नेछ ।


  •  
  •  
  •