‘छेउ–छेउ लाग्यो बहस गोरु भाँच्छ कि जुवाँ’

286
  •  
  •  
  •  

काठमाडौं,  १९ असार । विभिन्न साना बामपन्थी दलले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्न नेकपा एमालेलाइ सुझाव दिएका छन् । काठमाडौमा सुरु एमाले महाधिवेशनमा शुभकामना दिदै साना दलले सहि कार्यदिशा लिएर कम्युनिष्ट आन्दोलनलाइ अगाडि बढाउन सुझाव दिएका हुन् ।

नेकपा मालेका अध्यक्ष सीपी मैनालीले तत्काल वामपन्थी एकता सम्वभ नभए पनि अग्रगामी परिवर्तनका लागि सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । नेकपा संयुक्तका चन्द्रदेव जोशीले सामाजिक आर्थिक रुपान्तरण गर्ने किशिमको कार्यदिशा लिएर अघि बढन सुझाव दिए ।

आफ्नो संक्षिप्त मन्तव्यको अनत्य टुक्काबाट गरेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विगतमा एकीकृत माओवादीका कारण संविधानसभा भंग भएको उल्लेख गर्दै यसपटक जसरी पनि संविधान जारी गर्नुपर्ने बताए । ‘मैले एमालेको आठौं महाधिवेशनमा वुटबलमा उभिएर भनेको थिएँ, छेउ–छेउ लाग्यो बहस गोरु भाच्छ कि जुवाँ’ केसीले भने ‘नभन्दै जुवा भाचियो, संविधानसभा ढल्यो ।’ केसीले ठट्यौली पाराले टुक्का भन्दा अधिवेशन हलमा हासो गुन्जिएको थियो ।

सद्भावना पार्टीका राजेन्द्र महतोले संघीयता सम्बन्धमा ‘महेन्द्रवादी’ सोच त्याग्न सुझाव दिए । हिन्दीमा संवोधन गरेका महतोले अन्तिममा लाल सलाम भन्दा एमाले कार्यकर्ताले तालिब बजाएका थिए ।


  •  
  •  
  •