मनोनित प्रतिनिधिमा कुरा मिलेन

285
  •  
  •  
  •  

काठमाडौं, १८ असार (ओएनएस) । आजबाट सुरु हुने एमाले महाधिवेशनका लागि स्थायी समितिले मनोनित गर्ने १ सय ११ जना प्रतिनिधि मनोनयमनमा नेताहरु बाझिँदा मनोनित हुन सकेको छैन । प्रतिनिधि मनोनितको निर्णय लिन बिहीबार पार्टी मुख्यालय बल्खुमा बसको स्थायी समिति बैठकमा अध्यक्षका दुबै आकांक्षी माधव नेपाल र केपी ओलीले गोजीबाट प्रतिनिधिको नाम निकालेपछि कुरा नमिलेको उच्च स्रोतले जनाएको छ ।
अध्यक्ष झलनाथ खनालले मापदण्ड बनाएर प्रतिनिधि मनोनयन गर्न प्रस्ताव गरे पनि नेपाल र ओलीले आ–आफ्ना पक्षका धेरै प्रतिनिधि मनोनयन गर्नुपर्ने अडान राखेपछि कुरा नमिलेको एक स्थायी समिति सदस्यले जानकारी दिए । शुक्रबार सुरु हुने बन्द सत्र अघि प्रतिनिधि मनोनित गरिसक्ने एमालेले जनाएको छ । विभिन्न प्रक्रियाबाट छनोट भएका प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि स्थायी समितिले मनोनित गर्नुपर्ने एमाले विधानमा प्रावधान छ ।


  •  
  •  
  •