कांग्रेस एमालेले विकल्पसहितको साझा प्रस्ताव बनाउँदै

107
  •  
  •  
  •  

congressकाठमाडौं २९ चैत (ओएनएस) : नेपाली कांग्रेस र नेकपा एमालेले संविधानका विवादित विषयमा विकल्प सहितको नयाँ प्रस्ताव तयार गर्ने भएका छन् । यसअघि भएको छलफल र एमाओवादीसँगको दुईपक्षीय वार्ताका आधारमा आज बस्ने सत्तासिन दुईदलको बैठकले एमाओवादीसँग अघि सार्ने साझा प्रस्ताव तयार गर्नेछ । लचकतासहितचको त्यो प्रस्तावमा एमाओवादी नाआए भोलिबाट प्रक्रियामा जाने तयारी छ ।

साँझ ५ बजे प्राधानमन्त्री निवास बालुवाटारमा दुई दलका मुख्य नेताहरुको बैठक बोलाइएको छ । आज सत्तासिन दलले हिजो भएको छलफलका आधारमा विकल्पसहित साझा प्रंस्ताव तयार गर्ने कांग्रेसका नेता पूर्णबहादुर खड्काले जानकारी दिए । दलहरुबीच प्याकेजमा सहमति खोज्नेगरि हिजो कुराकानी भएको छ । द्धन्द्धकालमा भएका घटनामा मुद्दा नचलाउनेगरि प्याकेजमा सहमति गर्न एमाओवादीले प्रस्ताव राखेको छ ।

संविधानसभाको बैठक अझै केही दिन पर सारेर आयोग घोषणा गर्ने र यसलाई सभाबाटै अनुमोदन गराएर विवादित पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरबारे सर्वसम्मत समाधान खोजिने गरी सहमति बनेको छ ।


  •  
  •  
  •