कांग्रेस-एमालेका तीन विकल्प

114
  •  
  •  
  •  

काठमाडौं २७ चैत ।
सत्तासीन कांग्रेस-एमालेले चैत मसान्तसम्म संविधानका विवादित विषयमा सहमति नभए संविधानसभाको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको दुई दलका शीर्ष नेताहरूको बैठकले सहमतिका नाममा लामो समय संविधानसभा निष्क्रिय बनाउन नहुने निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो। उनीहरूले सहमतिका लागि चार दिन भरपूर प्रयास गर्ने भएका छन्।
बैठकले संघीयता विवाद मिलाउन तीनवटा प्रस्ताव अघि सारेको छ। ‘३० गतेभित्र विभिन्न विकल्पमा छलफल गर्ने र सहमति नभए प्रक्रियामा जाने निर्णय भएको छ’, एमाले नेता माधव नेपालले भने।
कांग्रेस-एमालेले अब एमाओवादी नेतृत्वको मोर्चासँग निर्णायक वार्ता गर्ने भएका छन्। ‘संविधानसभा धेरै लामो समयसम्म अवरुद्ध भयो, अब निर्णायक वार्ता गर्ने र सहमति नभए प्रक्रिया सुरु गर्नुपर्छ भन्ने दुई दलको निष्कर्ष हो’, कांग्रेस नेता रमेश लेखकले अन्नपूर्णसँग भने, ‘तर सकभर सहमतिकै आधारमा संविधान निर्माण अघि बढोस् भन्ने पक्षमा हामी छौं। त्यसका लागि ३० गतेसम्म पहल हुन्छ।’ अन्नपूर्णपोष्टबाट
विवाद भएका जिल्लामा स्थानीय जनमत संग्रह गर्ने
विवाद भएका जिल्लालाई केन्द्र शासित बनाउने
विवाद भएका जिल्लाका विषयमा छुट्टै आयोग गठन गर्ने

  •  
  •  
  •