विपक्षीलाई वार्तामा आउन सत्तारुढ दलको आह्वान

166
  •  
  •  
  •  

Baluwatar-PMकाठमडौं, १३ माघ (ओएनएस) :  नेपाली काँग्रेस–एमालेले लगायतका सत्तारुढ दलहरुले एमाओवादी नेतृत्वको विपक्षीलाई वार्तामा आउन आग्रह गरेको छ । विपक्षीलाई वार्तामा ल्याउने औपचारीक पहल सुरु गरेका १० दल र स्वतन्त्र २ सभासदहरुले साझा वक्तव्य निकालेर विपक्षीलाई वार्ताबाट निकास निकाल्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा संविधानका विवादित विषयमा छलफलमा सहभागी हुन विपक्षी मोर्चालाई औपचारिक रुपमा आग्रह गरेका छन् । सरकारमा सहभागी भएका दलहरुको बैठक बसेर वार्ता र सम्वादमा आउन संयुक्त रुपमा आग्रह गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संविधानको विवादित विषयमा संंवाद र प्रक्रियामा एकसाथ अघि बढाउने पनि निर्णय गरेको छ ।

हिजो बालुवाटारमा बसेको काङ्ग्रेस र एमालेको बैठकले संविधानसभामा फरक मत राख्ने एकीकृत माओवादीसहितका विपक्षी दलहरुसँग सहमतिको लागि वार्ताको ढोका खुल्ला राख्ने र संविधान निर्माण प्रक्रियालाई पनि अघि बढाउने निर्णय गरेको थियो ।

एकलौटीमा रुपमा बहुमतीय प्रक्रिया सुरु गरेकोभन्दै विपक्षी मोर्चाले भने सरकार,सत्ताधारी दल र संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई असहयोग गर्ने निर्णयगर्दै हिजो चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।


  •  
  •  
  •