सत्तासिन दल आन्तरिक छलफलमा

83
  •  
  •  
  •  

congressकाठमाडौं १ माघ (ओएनएस) : संविधान जारी गर्ने दिन नजिकिंदा जाँदा दलहरु आन्तरिक रणनीति बनाउन व्यस्त छ । संविधान ल्याउने बाटो र नयाँ मितिका विषयमा दलहरुभित्र छलफल सुरु हुन थालेको छ । चारपक्षी छलफल भने हुन छाडेको छ ।

नेपाली कांग्रेस संसदीय दलको बैठक दिउँसो बस्ने भएको छ । प्रधानमन्त्री सुशील कोइराला फर्किएपछि छ बैठक बस्नेछ । प्रधानमन्त्री कोइराला भैरहवा पुगेका छन् ।

नेकपा एमालेले बिहान १० बजेका लागि स्थायी समितिको बैठक बाोलाएको छ । संविधान निर्माणलगायत समसामयिक राजनीतिलगायत पार्टीको अडान र संविधानसभाको नयाँ मितिका विषयमा छलफल हुनेछ ।

माघ ८ मा मस्यौदा ल्याउने बाटो र संविधान जारी गर्ने नयाँ मितिका विषयमा छलफल हुने एमालेले जनाएको छ । एमालेले धर्म निरपेक्षताको निर्णय फिर्ता लिने विषयमा परामर्श भनेर केही संचारमाध्यममा आएको खबर सत्य नभएको सचिव प्रदीप ज्ञवालीले बताए ।

ज्ञवालीले धर्म निरपेक्षताको निर्णय फिर्ता नलिने र त्यस खालको छलफल पार्टीमा नभएको दाबी पनि गरे । दुई दलको आ आफ्नो बैठक सकिएपछि सत्तारुढ दुई दलको पनि छलफल हुने भनिए पनि समय भने टुंगो लागि सकेको छैन ।


  •  
  •  
  •