सत्तासिन दुई दल संविधान जारी गर्ने सुविधाजनक बाटोको खोजीमा

292
  •  
  •  
  •  

Baluwatar-PMकाठमाडौं ३० पुस (ओएनएस) :  सत्तामा रहेका नेपाली कांग्रेंस र नेकपा एमाले संविधान जारी गर्ने विकल्पको खोजीमा लागेका छन् । सहमतिमा सम्भज नभएको निस्कर्ष सहित प्रक्रियाबाट सहज तरिकाले जारी गर्ने गरि छलफल सुरु भएको छ । संविधानसभामा दुईतिहाई पुरयाउने देखिएका अवरोधबारे छलफल गरेर अरु विकल्पमा पनि छलफल हुनेछ ।

संविधान निर्माणको प्रक्रिया र मितिका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा छलफल सुरु भएको छ । माघ ८ मा संम्भव नभएको संविधानसभाका अध्यक्षबाटै भनाई आएपछि नयाँ मितिबकारे पनि परामर्श हुनेछ ।

सहमतिको संभावना लगभग सकिएको निष्कर्ष निकालेका दुई दल बहुमतीय प्रक्रियाबाट भए पनि संविधान जारी गर्ने रणनीतिको खोजीमा लागेका छन् । त्यसका लागि अब के गर्ने भन्ने बारेमा छलफल हुन लागेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए ।


  •  
  •  
  •