मधेसी दलहरुलाई सरकारमा ल्याउने कांग्रेस–एमाले रणनीति

244
  •  
  •  
  •  

1_20120223125640
काठमाडौं, २६ कात्तिक (ओएनएस) : सत्तारुढ दलहरुले मधेसवादी दलहरुलाई सरकारमा सहभागि गराउने गृहकार्य सुरु गरेका छन् ।

सार्क शिखर सम्मेलनअघि नै सरकार विस्तार गरेर मधेसवादी दलहरुलाई सहभागि गराउने र नयाँ सन्देश दिने उनीहरुको तयारी छ ।

संविधान निर्माणका लागि प्रक्रियामा जानुपर्ने पक्षमा सकारात्मक फोरम फोकतान्त्रिक र तमलोपालाई सहभागिमा सहभागि गराउन छलफल सुरु भएको छ ।

दुई तिहाइ सभासद्को समर्थनमा संविधानका महत्त्वपूर्ण अन्तरवस्तुमा साझा प्रस्ताव अघि सारेका कांग्रेस एमाले मधेस केन्द्रितत दल पनि यो प्रस्तावको पक्षमा रहेको सन्देश दिन सरकार पुर्नगठनको गृहकार्यमा लागेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको जिम्मेवारी लिएका छन् । त्यसै शिलसिलामा बुधवार बिहान एमाले अध्यक्ष ओलीले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग छलफल गरेका छन् ।

सिंहदरबारमा भएको छलफलमा सरकार गठन र फोरम लोकतान्त्रिकलाई दिन सक्ने जिम्मेवारीका विषयमा छलफल भएको छ । स्रोतका अनुसार राज्यपुनर्संचनामा बिचको बाटो खोज्ने र सरकारमा भागबण्डा मिलाएर जाने सहमति भएको छ । गच्छदारले त्यस विषयमा थप छलफल गर्नुपर्ने आबश्यकता रहेको बताएका छन् । छलफल एमाले संसदीय दलको कार्यालयमा भएको थियो ।

तमलोपा र फोरम गणतान्त्रिकका नेतासँग यसअघि नै छलफल भइसकेको छ । २२ दलीय गठबन्धनबाट मधेसी मोर्चालाई छुटाउने र एमाओवादी अध्यष पुष्पकमल दाहाललाई कमजोर पार्ने कांग्रेस एमाले रणनीति बनेको छ ।


  •  
  •  
  •