काठमाडौं १९ असार (ओएनएस) : नेकपा एमालेको नवौ महाधिवेसन आजदेखि राजधानीमा सुरु हुँदैछ । आठौ महाधिवेसनबाट निर्वाचन नेतृत्वको कार्यकाल सकिएको झण्डै ५ महिनापछि नयाँ नेतृत्वको लागि नवौ महाधिवेसन हुन लागेको हो । एमाले महाधिवेसनले नयाँ नीति र नेतृत्व सहित आगामि पाँच बर्षका लागि पार्टीलाई नयाँ रुमा अघि बढाउने बताएको छ । नीति भन्दा नेतृत्वका विषयमा बढी चर्चा भएपनि महाधिवेसनले नयाँ नीतिलाई अख्तियार गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । महाधिवेशनमा अध्यक्ष झलनाथ खनालको राजनीति दस्तावेज सहित तीनवटा प्रतिवेदन पेस हुनेछन् अध्यक्ष खनालले राजनीतिक र महासचिव ईश्वर पोखरेलको सांगठनिक र विधान संशोधन प्रतिवेदन पेस हुनेछ । एमालेले नवौ महाधिवेसनबाट आर्थिक मुद्दालाई प्राथमिकता दिएर पार्टीलदाई उत्पादनसँग जोड्ने बताएको छ । राजधानीको भृकुटीमण्डपमा एक हप्तासम्म चल्ने महाधिवेशनबाट देशभरीबाट २३ सय २५ जना महाधिवेसन प्रतिनीधिले भाग लिनेछन् ।
शक्ति प्रदर्शन नगर्ने, प्रविधिको उच्च प्रयोग
नेकपा एमालेले यसपटक शक्ति प्रदर्शन सहितको आमशभा नगर्ने भएको छ । यसअघि बुटलमा भएको महाधिवेसनमा पनि जनद्रदर्शन गरेको थियो । उद्घाटनस्थलमा नै पार्टी अन्र्तगतका सबै गतिविधि देखाउने तयारी छ । उद्घाटन विगतका महाधिवेसन र एमालेको बारेमा झाकीसहितको ग्राफिक एनिमेसन, थ्रीडि एनिमेसन र मेकानिकल एनिमेसनको प्रयोग गरिनेछ ।
महाधिवेसनलाई पुरै प्राविधिकयुक्त बनाउने एमालेले बताएको छ । महाधिवेसनको उद्घाटन दिउँसो १ बजे अध्यक्ष खनालले गर्ने तयारी छ । अध्यक्ष झलनाथ खनालले पानसमा बत्ती बालेर उद्घाटन गर्नेछन्।‘अध्यक्ष बत्ती बाल्न मञ्चमा आउनेछन्, पछिपछि पानस आइरहेको देखिनेछ । खनालले महाधिवेशन उद्घाटन गरिरहँदा रोबोट (क्वाडकोप्टर) चारवटा (पखेटा भएको) र हेक्जाकोप्टर (छवटा पखेटा भएको)ले कार्यक्रमस्थलमा पुष्पवृष्टि गर्नेछ।’
महाधिवेशनको भित्री सुरक्षा पार्टीका स्वयंसेवक र बाहिरी सुरक्षा सुरक्षा निकायले गर्नेछ । जनपद र शसस्त्र प्रहरी परिचालन गरिनेछ । स्वंय सेवकले कुनै पक्षको पक्ष वा विपक्षमा वहश गर्न नपाउने भएका छन् । महाधिवेशनस्थलमा स्वास्थ्यकर्मी परिचालन गरिने भएको छ । मृगौला, सुगर तथा दाँतलगायतको उपचार हुने महाधिवेशन मुल व्यवस्थापन समितिका समिति विष्णु रिमालले जानकारी दिए । महाधिवेशनमा भाग लिन विदेशी कम्युनिष्ट पार्टी र राजनीतिक दलका प्रतिनिधि तथा संविधानसभामा रहेको सबै दलका नेतालाई आमन्त्रण गरिएको छ । बच्चा भएका महिला प्रतिनिधिका लागि महाधिवेशनस्थलमै बालबालिका स्याहार केन्द्रसमेत स्थापना गरिएको छ । उद्घाटन राष्ट्रिय सभागृहमा हुनेछ । नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण नगर्ने एमालले जनाएको छ ।
जिउँदो खसी
एमालेले सबै कामकारवाही सफ्टवेयरको माध्यमबाट गर्ने भएको छ । महाधिवेशन प्रतिनिधिलाई बार कार्डको व्यवस्था गरिएको छ भने सबै जानकारी एसएमएसमार्फत गराइने भएको छ । जसअनुसार एक दिनमा ३५ हजार एसएमएस गरिने छ । महाधिवेशन प्रतिनिधिलाई स्वच्छ खाना खुवाउन सबैजितको लेवल हेरिने छ भने वधशालाको मासु प्रयोग नगरिने भएको छ । ‘दैनिक २७ सय प्रतिनिधिलाई खाना खुवाउन प्रयोग हुने सबै चिज ताजा हुनुपर्ने व्यवस्था गरेका छौं,‘ प्रचार विभाग सदस्य सुर्य थापाले भने,‘वधशालाबाट ल्याइएको मासु बर्जित गरिएको छ । खसी यही ल्याएर काटुनुपर्ने व्यवस्था गरेका छौं ।’
होमस्टेल सफल भएन
एमालेले महाधिवेशन प्रतिनिधिकोलागि होम स्टेको अवधारणा अघि सारेपनि त्यसलाई कम गर्दै सुनधारादेखि ज्याठा र गोंगबु बसपार्कसम्म लजको व्यवस्था गरिएको छ । निर्वाचनमा निर्वाचन भएको दुई घण्टाभित्र परिणाम थाहा हुने गरी विद्युतीय भोटिङ मेशिनको प्रयोग हुने निर्वाचन समितिका संयोजक सोमनाथ प्यासी अधिकारीले जानकारी दिए ।