एमालेको महाधिवेसनमा नयाँ नेतृत्वका लागि मतदान हुँदै

96
  •  
  •  
  •  

काठमाडौं, २७ असार (ओएनएस) :  गुटलाई सस्थागत गर्दै नेकपा एमालेको नवौ महाधिवेसनमा नेतृत्वका लागि आज मतदान हुँर्र्दैछ । अहिले बिहान ८ बजेबाट मतदान गर्ने कार्यतालिका भएपनि केही समय लाग्ने निर्वाभन आयोगले जनाएको छ । मतदान बिहान ११ बजे मतदान शुरु हुने निर्वाचन आयोगले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि शुक्रबार हुने निर्वाचनमा अध्यक्षका प्रत्याशी दुबै उम्मेदवारका प्यानल कै आधारमा मतपत्र बनाइएको छ । पार्टी नेतृत्वका लागि माधवकुमार नेपाल र केपी शर्मा ओलीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीका अनुसार दुबै नेताको प्यानलमा नपरेका उम्मेदवारहरुको हकमा भने अलग्गै मतपत्र बनाइएको छ । एकै दलभित्रको प्रतिस्पर्धा भए पनि मतपत्रमै प्यानल बनाएर चुनावमा गएको एमालेका इतिहाँसमा पहिलो घटना हो । दुवै पक्षले १४ जना पदाधिकारी र एक सय ५८ जना केन्द्रीय सदस्यका लागि बिहीबार उम्मेदवारी दर्ता गरेका छन्।  कुनै पनि प्यानलमा नपरेको १२ महाधिवेशन प्रतिनिधिले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी सदस्य र वैकल्पिक सदस्यमा परेको छ ।

प्यानलमा नपर्ने दुवै खेमाका केही स्वतन्त्रले पनि उम्मेदवारी दर्ता गरेका छन् । पदाधिकारी, केन्द्रीय सदस्य, अनुशासन आयोग, लेखापरीक्षण आयोगका अध्यक्ष र सदस्यमा दुवै पक्षले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । जारी महाधिवेशनले नै प्यानल पद्धति गतल ठहर्‍याए पनि नेपाल र ओलीबीचको तीव्र धु्रवीकरणले पार्टीमा दलीय चुनावसरहकै रस्साकस्सी छ । यतिबेला दुबै पक्षले महाधिवेशन प्रतिनिधिसँग आ–आफ्नो प्यानलका लागि मत मागिरहेका छन् ।

 


  •  
  •  
  •