काठमाडौं २४ असार (ओएनएस) : पूर्व निर्धारित कायृतालिका अनुसार महाधिवेसन सक्ने मिति आइसक्दा पनि अध्यक्षका प्रत्यासी बरिष्ठ नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीले प्यानल घोषणा गर्न सकेका छैनन । सहमतिको सम्भावना नरहेकाले विधान संशोधनको प्रतिक्षा सहित आज दुईटै पक्षले प्यानल घोषणाको तयारी गरेकाछन् । नेपालसमुहले हिजो नै घोषणा गर्ने तयारी गरेपनि आजका लागि राकेको छ । ओली समुहले पनि आजै साँझ घोषणा गर्ने तयारी गरेको छ ।
नेपाल पक्षका नेता योगेश भट्टराईले विधानमा भएको नयाँ व्यवस्था कस्तो हुन्छ त्यस आधारमा प्यानल घोषणा हुने बताए । उनले अध्यक्ष झलनाथ खनाल र बरष्ठ नृेता नेपालको सयुक्त प्यानल घोषणा हुने पनि जानकारी दिए । ओली पक्षका नेता प्रदीप ज्ञवालीले पनि साँझ सम्म टुङ्गो लाग्ने ओएनएस्लाई बताए। प्रतिवेदन माथिको सबै छलफल सकिए निर्वाचन आयोगले पनि आजै कार्यतालिका सार्वजनिक गर्नेछ । पदाधिकारी संख्या बढाउनेसहित विधान संशोधन प्रस्ताव टुंगो नलाग्दा अध्यक्षका दुवै आकांक्षी वरिष्ठ नेता नेपाल र संसदीय दल नेता ओलीले प्यानल घोषणा केही असहज भएको छ ।
समूहगत छलफलका क्रममा सुझाव पेस गरेका दुई समूह नेता मात्र पदाधिकारी थपको पक्षमा देखिएका छन्। सचिव युवराज ज्ञवालीले पार्टीलाई लोकतान्त्रिक पद्धतिमा अझ फराकिलो बनाउन पदाधिकारी संख्या बढाउने प्रस्ताव बन्दसत्रमा पेस गरेका थिए। ज्ञवालीले प्रस्तुत गरेको संशोधन प्रस्तावमा अध्यक्ष, वरिष्ठ नेता र महासचिव एक–एक, उपाध्यक्ष र सचिव पाँच–पाँच, दुई उपमहासचिवसहित १५ सदस्यीय पदाधिकारी रहने उल्लेख छ। यसअनुसार केन्द्रीय समिति १ सय ४९ सदस्यीय हुनेछ। विद्यमान विधानमा अध्यक्ष, वरिष्ठ नेता, तीन उपाध्यक्ष, तीन सचिवको मात्र व्यवस्था छ।
देशभरबाट महाधिवेशनमा आएका प्रतिनिधिलाई भागबन्डा गर्दै नेपाल पक्षले २ सय मतअन्तरले जित्ने दाबी गरेको छ। ओलीको ९ सय ९७ मत मात्र आउने नेपाल पक्षको छ ।
त्यस्तै, ओली पक्षले ३ सय बढी मतले अध्यक्ष जित्ने दाबी प्रस्तुत गरेको छ। ओलीले १२ सय ४६ मत पाउने दाबी गरिएको छ भने नेपालले ९ सय ३० मात्र मत पाउने आँकलन गरिएको छ। दुवै पक्षले आन्तरिक रुपमा भने सय मतको अन्तर हुने विश्लेषण गरेको नेताहरुले बताए छन् ।