दस्तावेज माथिको समुहगत छलफलको प्रस्तुती आज सकिने

227
  •  
  •  
  •  

काठमाडौं २४ असार (ओएनएस) :  दस्तावेज माथिको समुहगत छलफलको चयनमै देखिएको गुटगत विवाद महाधिवेसनको कार्यतालिकामा परेको छ । कार्यतालिका अनुसार समुहगत छलफल नहुँदा महाधिवेसन लम्बिने भएको छ । विद्युतीय मतदान नहुँदा झन पर धकेलिनेछ । आजसम्ममा समूह नेताहरूले समूहगत छलफलको निष्कर्ष बन्दसत्रमा पेस गरिसक्नेछ । हिजो नौवटा समुहलेमात्रै धारणा पेस गरेका छन् । आज बाँकी १० समुले निस्कर्ष सुनाउनेछन् । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सबै प्रक्रिया पुरा गरेर महाधिवेसन सक्न अझै चारदिन लाग्ने बताए । यसैपनि दुईदिन ढिलो हुने देखिएको महाधिवेसन विद्युतीउ मतदान नहुँदा चारदिन पर पुग्ने उनले दावी गरे ।

बाँकी समुहले आज निस्कर्ष पेस गरिसकेपछि प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिने कार्यक्रम रहेको छ । राप्ती, जनकपुर, केन्द्रीय निकाय, जनसङ्गठनm तल्लो लुम्बिनी समूहलगायतका टोली नेताले प्रस्तुति सकेका हुन् । अध्यक्ष अध्यक्ष खनालको राजनीतिक प्रतिवेदनमा सकारात्मक सुझाव आएपनि विधान स्रसोधनमा विवाद देखिएको छ प्रतिनीधिहरुले नेताहरुको कार्यशैलीको पनि आलोचना गरेका छन् । पार्टीमा वैचारिक एकता हुन नसकेको, आर्थिक पारदर्शिता नभएको, उचित मूल्याङ्कन नभएको बताउँदै युवा र महिलाको सहभागिता वृद्धि हुनुपर्नेमा नौ वटा समुहको साझा आधार रहेका छ । आज बिहान नौ बजेबाट बाँकी समुहले निस्कर्ष सुनाउने छन् ।

निस्कर्ष सकिएपछि अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, सचिव युवराज ज्ञवालीले जवाफ दिनेछन् । पार्टीमा पदाधिकारीको सङ्ख्या १५ जना हुने प्रस्तावमा सकबैभन्दा बढी विरोध देखिएको छ । दुई सचिव, दुई उपमहासचिव र ३ उपाध्यक्ष हटाएर अध्यक्ष, वरिष्ठ नेता, दुई उपाध्यक्ष (पुरुष र महिला), महासचिव, तीन सचिव र एक कोषाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव बढी आएको छ । प्रतिवेदनमा समाजवादलाई असम्भव सपनाजस्तो चित्रण गरिएकाले कतै पार्टी पुँजीवादबाट लोभिएका त होइनौं भन्ने प्रश्न प्रतिनिधिले उठाएका छन् ।


  •  
  •  
  •