विकास क्षेत्रलाई प्रदेश कायम राख्न एमालेमा सुझाव

351
  •  
  •  
  •  

काठमाडौं २३ असार (ओएनएस) :  नेकपा एमालेमा संघिय प्रदेशको संख्या बनाउन अहिलेका विकास क्षेत्रलाई कायम राखेर ६ वटा प्रदेश बनाउनुपर्ने सुझाव आएको छ । प्रतिवेदन माथिको समुहगत छलफलका क्रममा संघिय संरचना बनाउँदा काठमाडौं उपत्यका एक र बाँकी पाँच वटा विकास क्षेत्र कायम गरि ६ वटा संघ बनाउनेमा सुझाव आएको छ । अधिकांसले थोरै प्रदेश बनाउनुपर्ने र जिल्लालाई टुक्राउन नहुने सुझाव दिएको एक सहभागिले बताए । प्रदेशको नाम जातका आधारमा नभई भूगोल र नदीका आधारमा प्रदेशको नाम राख्नुपर्ने सुझाव आएको ।

अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदनसहित विभिन्न विषयमा छलफल भइरहेको छ । बन्दसत्रमा पेश भएका प्रतिवेदनमाथि १९ समुहमा बिभाजित भई छलफल भएको छ । छलफलमा आएका निस्कर्ष टोली नेताले सुनाइ रहेका छन् । समुहले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन, सचिव युवराज ज्ञवालीको विधान संशोधन प्रतिवेदन र केन्द्रीय निकायका अध्यक्षले पेस गरेका प्रतिवेदनमाथि गरेका छन् ।

जितको सुनिश्च भएको नेपाल पक्षको दावी
नीतिगत रुपमाको छलफल मध्य भागमा पुग्दा नेकपान एमालेमा नेतृत्वको लविङ तिव्र भएको छ । दुवै पक्षले आफु जित्ने दावी गरेका छन् । नेकपा एमालेको अध्यक्ष पदका प्रत्यासी माधवकुमार नेपाल पक्षले महाधिवेसन स्थलमा पत्रकार सम्मेलन गरि जित सुनिश्चित भएको दावी गरेको छ । समूहगत छलफलका लागि बनाइएको टोली नेता चयनका लागि चुनावपछि नेपाल समूहले आफ्नो पक्ष २ सय मतले विजयी हुने दाबी गरेको छ ।
बन्दसत्र भइरहेको भृकुटीमण्डपमा पत्रकार सम्मेलन गरी नेपाल पक्षीय नेताहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र पुरुषोतम पौडैलले अध्यष्क्ष झलनाथ खनाल र नेपालले साँझसम्ममा प्यानल बनाउने जानकारी दिए । उनीरुका अनुसार भोलि घोषणा हुनेछ ।
पाण्डेले आफूहरुको पक्षमा ११ सय ७८ प्रतिनिधि र केपी शर्मा ओलीको पक्षमा ९९७ प्रतिनिधि रहेको उदावी गरे ।


  •  
  •  
  •