एमाले सभासदले गरे पार्टी नेतृत्वको कडा आलोचना

141
  •  
  •  
  •  

UML 111काठमाडौं २० कात्तिक , (ओएनएस) :  नेकपा एमालेका सभासदहरुले संविधानका बिवादित मुद्दामा पार्टीको एजेन्टालाई बेवास्था गरेको भन्दै नेतृत्वको चर्काे आलोचना गरेका छन् ।

सभासदहरुले कांग्रेससँग मिलेर साझा प्रस्ताव बनाउँदा पार्टीमा छलफल नगरेको भन्दै गम्भीर आपत्ति जनाएका हुन् । बिहीबार संसदीय दलको बैठकमा सभासदहरुले शासकीय स्वरुपमा कार्यकारी प्रधानमन्त्रीमा नै फर्किन दवाव पनि दिएका छन् । अधिकांस सभादहरुले पार्टीभन्दा पनि व्यक्तिगत ढंगले चलेको भन्दै अध्यक्ष केपी ओलीको चर्को आलोचना गरे ।

संसदीय दलको कबैठक नबोलाएको, सिंगो पार्टीलाई वेवास्था गरेको भन्दै नेतृत्वको आलोचना भएको सभासद अमृत कुमार बोहराले जानकारी दिए । उनका अनुसार एमाले आफ्नो चुनावी घोषणापत्रभन्दा कांग्रेसको एजेण्डामा गएकोमा अधिकांसले आलोचना गरेका थिए ।

अध्यक्ष ओलीले भने केही नेताहरुसँग छलफल भएको र समयमा संविधान ल्याउन आफु बाध्य भएको प्रतिक्रिया दिए । एमाओवादीका कारण कांग्रेससँग मिल्नु परेको ओलीको भनाई थियो ।
नेपाली–काँग्रेस र एमालेसहितका ४ सत्तारुढ दलहरुले ल्याएको सात प्रदेशको सहित साझा प्रस्ताव संबिधानसभाको संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा गरेका थिए ।

७ प्रस्तावलाई एकीकृत नेकपा माओबादी सहित मधेशबादी दलहरुले चर्काे बिरोध गरेका थिए । बिरोधपछि प्रस्ताव औपचारिक रुपमा अघि बढ्न सकेको छैन ।


  •  
  •  
  •