भुइँमा बसेका माधवलाई केपीले तानेर मञ्चमा लगे

154
  •  
  •  
  •  

काठमाडौं २३ कात्तिक ।
अघिल्लो बैठकमा असन्तुष्टी जनाउँदै भुइँमा बसेका बरिष्ठ नेता माधवकुमार नेपाललाई शनिबार बसेको केन्द्रीय कमिटिको बैठकमा तानेर मञ्चमा लगेका छन् ।

बरियताक्रमको विवाद नटुंगेपछि असन्तुष्ट बरिष्ठ नेता नेपाल शनिबार बसेको बैठकमा पनि अन्य केन्द्रीय सदस्यहरुसँगै भुइँमा बसेका थिए । बैठक शुरु भएपछि अध्यक्ष ओलीले नेता नेपालाई तानेर मञ्च लगी तेस्रो बरियतामा राख्ने प्रस्ताव गरेका थिए ।

‘अघिल्लो बैठकमा जस्तै बरिष्ठ नेता नेपाल अन्य केन्द्रीय सदस्यसँगै भुइँमा बस्नु भएको थियो’, केन्द्रीय सदस्य राजेन्द्र राईले भने, ‘अध्यक्ष कमरेडले आएर उहाँलाई मञ्चमा लगेर राखेपछि तेस्रो बरियतामा राख्ने प्रस्ताव गर्नुभयो ।

अघिल्लो बैठकमा आफ्नो कडा आलोचना गरेका नेता नेपाललाई तेस्रो बरियतामा राख्ने प्रस्ताव अध्यक्ष केपी ओलीले शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा राखेका हुन् । अर्का बरिष्ठ नेता झलनाथ खनाल एमालेमा दोस्रो बरियतामा छन् ।

नेता नेपाललाई तेस्रो बरियतामा राख्ने निर्णय गर्दै एमाले केन्द्रीय कमिटीको बैठक मंसिर २२ सम्मका लागि स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पर्याप्त तयारी नभएको जनाएपछि बैठक एक महिनाका लागि स्थगित भएको हो ।

‘अध्यक्ष कमरेडले आवश्यक तयारी नभएको बताएपछि बैठक एक महिनाका लागि स्थगित भयो’, सचिव योगेश भट्टराईले भने, ‘बैठकमा छलफल गर्ने एजेन्डाबारे अध्यक्ष र महासचिवले पर्याप्त तयारी गरेका देखिएन ।’

बैठकमा अध्यक्ष ओलीले संविधान निर्माणका लागि द्धिपक्षी तथा बहुपक्षीय छलफल गर्नुपर्ने र सार्क सम्मेलनमा केन्द्रित हुनुपर्ने भएकाले बैठक मंसिर २२ सम्मका लागि स्थगित गर्न प्रस्ताव गरेका थिए । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •