विवाद सुल्झाउन एमालेले गठन गर्‍यो दुई सदस्यीय कार्यदल

457
  •  
  •  
  •  

umlकाठमाडौ, २५ मंसिर(ओएनएस) :  नेकपा एमालेले विधान विवाद सुल्झाउनको लागि दुई सदस्यीय कार्यदल गठन गरेको छ । बरिष्ठ नेता माधककुमार नेपाल पक्षले विधानमा पुनरावओकन नगरि स्थायी तथा पोलीटब्युरो निर्वाचन प्रक्रिया अघि बढाउन नदिने अडान लिएपछि कार्यदल गठन गरिएको हो ।

बिहिबार बिहान बसेको पदाधिकारी बैठकले नेपाल पक्षका उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी ओली पक्षका महासचिव ईश्वर पोखरेल सम्मिलित दुई सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलले बिधान पारित गर्दाको अडियो र भिडियो हेरेर शुक्रबार बिहान सम्ममा पदाधिकारी बैठकमा प्रतिवेदन प्र्रस्तुत गर्नेछ । उक्त प्रतिवदेनपछि स्थायी र पोलिटब्यूरो सदस्यको निर्वाचन प्रक्रियाको अघि बढ्ने नेता यगेश भट्टराईले जनाकारी दिए ।

एमालेको धारा ३८ मा ‘पोलीटब्युरो सदस्य हुनको लागि एक कार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने छ ।’ भनि लेखिएको छ । तर नेपाल पक्षलले बिधानमा उक्त हरफको केन्द्रीय सदस्य अघि पूर्ण नियतबस हटाइएको बताउदै पूर्ण थप्न माग गर्दै आएको छ । यसअघि बुधबार अध्यक्ष केपी ओलीले स्थायी र पोलिटब्यूरो चयनको लागि आवश्यक प्रक्रिया सुरु गर्न पार्टीको केन्द्रीय निर्वाचन आयोगलाई निर्देशन दिएका थिए ।


  •  
  •  
  •