को–को परे एमालेको केन्द्रीय सदस्यको मनोनयनमा ?

113
  •  
  •  
  •  

umlकाठमाडौं, १३ फागुन (ओएनएस) :  नेकपा एमालेले १० जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको छ । बुधबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष केपी ओलीले १० जनाको नाम प्रस्तुत गरेका थिए ।

मनोनयमा परेका केन्द्रीय सदस्यमा केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ र कल्याणी खड्का छन् ।

यस्तै, प्रमेश हमाल, सुमन प्याकुरेल, हरि पराजुली, रामकुमार ज्ञवाली र जया घिमिरे पनि केन्द्रीय सदस्य मनोनयन भएका छन् ।

मनोनयमा परेका १० जना पूर्ण केन्द्रीय सदस्य हुन् । स्थायी समितिले बाँकी ५ जना बैकल्पिक केन्द्रीय सदस्य भने मनोनयन गर्न सकेन ।

यस्तै नेताहरुको कार्यविभाजनको टुंगो पनि स्थायी समितिले लगाउन सकेन ।

यसअघि दुई हप्तासम्म संस्थापन ओली र माधव नेपाल पक्षबीच कुरा निमल्दा केन्द्रीय सदस्य मनोनयन हुन सकेको थिएन ।


  •  
  •  
  •