एमालेको केन्द्रीय कमीटीको बैठक १ महिनाका लागि स्थगित

132
  •  
  •  
  •  

काठमाडौं, कात्तिक २२ (ओएनएस) :एमालेको केन्द्रीय कमीटीको बैठक १ महिनाका लागि स्थगित भएको छ ।

बैठक आगामी मंसिर २२ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । निर्धारित समयमा संविधान जारी गर्न पाटीले अधिकतम पहल, सघन प्रयत्न र निर्णायक भूमिका खेल्नु पर्ने भन्दै बैठक १ महिनापछीको लागि सारिएको छ ।

शनिवार एमालेको केन्द्रीय कार्यलयमा आयोजित केन्द्रीय कमिटीको तेस्रो बेठकमा पार्टीको सम्पूर्ण उर्जा संविधान निर्माणमा प्रयोग गर्न बैठक सार्ने सहमति भएको  एमालेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष  केपी ओलीले एमाले माघ ८ गतेभित्र संविधान जारी गर्न कृत संकल्पित रहेको र यसका लागि पार्टी सबै पक्षसँग सहमति निर्माणका लागि निरन्तर प्रयत्नशील रहेको बताए ।
उनले सकभर पूर्ण सहमतिका साथ र त्यसो हुन नसके पर्याप्त बहुमत र अधिकतम पक्षको सहमतिका आधारमा संविधान जारी हुने जानकारी दिए ।

साथै निर्धारित समयभित्र संविधान जारी हुन सकेन भने मुलुकको राजनीति अर्कै बाटोमा अगाडि बढ्न सक्ने खतराप्रति सजग हुन सबै पक्ष गम्भीर र संवेदनशील हुन आग्रह गरे ।
‘मुलुकलाई एकथान संविधान होइन, राष्ट्रिय एकता सुदृढ गर्ने, लोकतन्त्रलाई दिगो गर्ने र सबै नेपालीलाई समान अधिकार, अवसर,  सुरक्षा र  सम्मानको ग्यारेण्टी गर्ने संविधान चाहिएको छ’ उनले भने ‘संविधानले सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि आधुनिकीकरणको बाटो खोल्नु पर्छ ।’

ओलीले सकभर सहमतिका साथ संविधान जारी गर्ने, असहमति कायम रहे पनि तिनीहरु लोकतान्त्रिक विधि र प्रक्रियाबाटै अभिव्यक्त हुने जानकारी दिए ।

सो अवसरमा उनले संविधानका सम्बन्धमा सहमति पनि हुन नदिने, सहमति नभएको अवस्थामा प्रक्रिया पनि सुरु हुन नदिने र उल्टै एमालेलगायतका दलहरुलाई संविधान बन्न नदिने शक्ति भन्दै आक्षेप लगाएर सडकमा मोर्चाबन्दी गर्दै हिड्ने एमाओवादी लगायतका पक्षको गलत प्रवृत्तिलाई सबैतिर आलोचना र खण्डन गर्न आग्रह गरे ।


  •  
  •  
  •