महिला र अञ्चल केन्द्रीय सदस्यमा अधिकांश ओली पक्ष (नामावलीसहित)

353
  •  
  •  
  •  

काठमाडौं, ३२ असार (ओएनएस) । एमालेका अञ्चल र महिलातर्फका केन्द्रीय सदस्यहरुको मतपरिणाम सार्वजनिक भएको छ । महिलामा ओली पक्ष हावी देखिएको छ भने अञ्चलमा पनि ओली पक्षनै हावी छ । विजयी उम्मेदवारको नाम यस प्रकार छ ।

महिलातर्फका केन्द्रीय सदस्यमा ओली पक्षका सुजिता शाक्य, थममाया थापा, पद्मा अर्याल, राधा ज्ञवाली, शावित्रा भुसाल, सीता पौडेल, महिन सुब्बा लिम्बू, डा। शिवमाया तुम्बाहाम्फे, गोमा देवकोटालगायत जितेका छन् । त्यस्तै नेपाल पक्षका श्रीमाया थकाली, रामकुमारी झाँक्री, जयन्ती राई, गरिमा शाह, ममता गिरी, सीता गिरी, गौरा प्रसाई, र सुशीला नेपाल जितेका छन् ।

महिलातर्फ पाँच वैकल्पिक केन्द्रीय सदस्यमा तीनजना ओली प्यानलका र दुईजना नेपाल प्यानलका विजयी भएका छन् । ओली पक्षबाट निरु पाल, मना केसी र सिन्ता सुन्दास बिजयी भएका छन् भने नेपाल प्यानलका रचना खड्का र निरा जैरु विजयी भएका छन् ।

अञ्चलतर्फका ३० केन्द्रीय सदस्यमा ओली पक्षकाले बढी जितेका छन् ।
मेचीमा ओली पक्षका हिक्मत कार्की पूर्ण र खनाल पक्षका रविन कोइराला बैकल्पिकमा जितेका छन् ।
अरु अञ्चलमा पूर्ण केन्द्रीय सदस्य जुन प्यानलले जित्यो, बैकल्पिक पनि सोही प्यानलबाट जितेका छन् ।

विजयी अञ्चलतर्फका केन्द्रीय सदस्य
मेचीः हिक्मत कार्की , बैकल्पिक रविन कोइराला
कोशीः जीवन घिमिरे, बैकल्पिक धर्म निरौला
सगरमाथाः जगन्नाथ खतिवडा, बैकिल्पक बाँकी
जनकपूरः लक्ष्मण पौडेल, वैकल्पिक गणेश पहाडी
नारायणीः बिरोध खतिवडा, वैकल्पिक कृष्ण खनाल
बागमतीः पशुपति चौलागाई, वैकल्पिक माधव अर्याल
उपत्यकाः जीवनराम श्रेष्ठ, वैकल्पिक सोम मिश्र
गण्डकीः मायानाथ अधिकारी, वैकल्पिक रामशरण बस्नेत
धौलागिरीः गणेश तिम्सिना, वैकल्पिक भुपेन्द्र थापा
लुम्बिनीः लिला गिरी, बैकल्पिक तिलक महत
राप्तीः खेममान खड्का, बैकल्पिक गुलावजंग शाह
भेरीः यमलाल कडेल, बैकल्पिक लक्ष्मी पोखरेल
सेतीः महेश्वर पाठक, बैकल्पिक भैरवहादुर सिंह
महाकालीः गणेश ठगुन्ना, बैकल्पिक विक्रम शाही
कर्णालीः गोरखवहादुर बोगटी, बैकल्पिक हंशराज शाही


  •  
  •  
  •