काठमाडौं, २३ साउन (ओएनएस) : नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग शुक्रबार छलफल गर्दै छ । सरकार ठीक ढंगबाट अघि बढ्न नसकेको भन्ने पार्टीमा व्यापक आलोचना भएपछि मन्त्रीहरुसँग छलफल गर्ने एमालेले तयारी गरेको हो । सरकारको कामकारवाहीबारे समिक्षा गर्न मन्त्रीहरुलाई बोलाइएको एक नेताले जानकारी दिए ।
सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले सत्ता साझेदार दलहरुलाई वेवास्ता गर्दै एकलौटी ढंगले अघि बढ्न खोजेको एमालेको आरोप छ । एमालेले आपूmले सम्हालेका मन्त्रालयमा समेत हस्तक्षेप हुने गरेकाले गम्भीर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।
एमाले पदाधिकारीहरुले मन्त्रीहरुसँग कुनकुन ठाउँमा के–कस्ता समस्या छन्, कहाँ–कहाँ वाधा अवरोधहरु भएका छन् यसबारेमा बुझेपछि पार्टीको रणनीति तय गर्ने जनाइएको छ । यदि कांग्रेको शैलीमा परिवर्तन नआए सरकारबाट बहिरिने अवस्था आउन सक्ने पनि एमाले नेताहरुले बताएका छन् ।