एमाले गुटगत विवाद झाँगिदै, सामुहिक छलफल अवरुद्ध

93
  •  
  •  
  •  

काठमाडौं ५ असोज (ओएनएस) : नेकपा एमालेभित्र गुटगत विवाद बढ्दै गएपछि सामुहिक छलफल अवरुद्ध भएका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टीभन्दा गुटको नेता हुन खोजेको भन्दै नेपाल पक्षले आरोप लगाएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकल निर्णयको आधारमा पार्टी चलाउन खोजेको आरोप लगाएका छन् । ‘सँगठन सञ्चालनको सामान्य ज्ञान छैन भने पार्टी चलाउन सकिदैन, एकल निर्णयले पार्टी चलाउने कोही वादशाह जन्मेको छैन बादशाह र तानशाहलाई फालेर पार्टीका तमाम नेता कार्यकर्ताहरु देश चलाउने अभियानमा लागिसकेका छन्’, नेपालले भने ‘ लहडको आधारमा एउटा मन्त्रीलाई निकाल्यो अर्को व्यक्तिलाई पकेटबाट मन्त्री बनायो यसरी पार्टी पनि चल्दैन र सरकार पनि र चलाउनु पनि हुदैन ।’

पछिल्लो मन्त्री फेरबदलको निणर्यले एमालेभित्र झन विवाद सुरु भएको छ । अध्यक्ष ओली पक्षले भने अध्उयक्ष नै पार्टीको आधिकारी व्यक्ति भएकाले केही निणर्य एकल गर्न सक्ने विश्लेषण गरेको छ । महासचिव ईश्वर पोखरेलले पार्टीको अध्यक्ष नै कुनै अवस्थामा पार्टी भएकाले सबै विषयमा छलफल आबश्यक नहुने बताए । ‘पार्टी सन्चालन एकलौटी भयो भन्नु गलत हो’ उनले भने ‘अध्यक्षको अधिकारभित्रका विषयमा पनि सल्लाह गर्नु आबश्यक छैन त्यो माग गर्नु थालियो भने अध्यक्षलाई दिएको अधिकारको के अर्थ ?’ गुटगत विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक पर धकेलिएको र पार्टीमा जिम्मेवारी बाँडफाँडमा ढिलाई भएको एक नेताले बताए ।


  •  
  •  
  •