एमालेको बटमलाइन ‘स्थगित या फिर्ता’, सरकार छाड्ने राप्रपाको रणनीति

112
  •  
  •  
  •  

काठमाडौँ, १७ पुस ।
संविधानसँग बाझिएको सीमांकन हेरफेर मुद्दा स्थगित या फिर्ताको विकल्पमा सरकार सहमत भए प्रमुख विपक्षी एमाले संविधान संशोधनमा संसद्मा छलफल गर्न तयार देखिएको छ । संविधान संशोधनविना नै चुनाव घोषणा नगर्ने सरकारको तयारी देखेपछि एमाले सीमांकन हेरफेरको मुद्दालाई थाती राखे बाँकी मुद्दामा संसद्मा छलफल गर्न तयार देखिएको हो ।

संशोधन विधेयक राष्ट्रियताविपरीत रहेको निष्कर्ष निकाल्दै राप्रपाले विपक्षमा उभिने रणनीति बनाएको छ । त्यस्तो अवस्थामा सरकार पनि छाड्ने उसको रणनीति छ ।
नयाँ पत्रिकाबाट


  •  
  •  
  •