एमाले स्थाई समितिको बैठक बस्दै

107
  •  
  •  
  •  

काठमाडौं ९ चैत । केन्द्रीय सदस्यको मनोनयनको विवाद मिलाउन आज पनि एमाले स्थाइ समितिको बैठक डाकिएको छ । केन्द्रीय सदस्यमा मनोनयनका लागि अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भागवण्डा नमिलेपछि पार्टी भित्रको विवाद झन धेरै चुलिएको छ ।

बैठक मध्यान्नह बस्ने गरी तयारी भइरहेको छ । तर स्थाई समिति बैठक अघि सचिवालयको बैठक बस्न लागिएको छ । सचिवालय बैठक केही बेरमा बस्ने लागेको नेताहरुले बताएका छन् ।

हिजो पनि केन्द्रीय नेतृत्वको कर्यविभाजनको एजेन्डामा सहमति जुटाउन पार्टी अध्यक्ष ओली निवासमा औपचारिक छलफल भएको थियो । तर विना निश्कर्ष नै बैठक टुङ्गिएको थियो । माधव नेपाल समूहले पार्टी कर्यालयमा नै बैठक राख्नुपर्ने माग  गर्दै आएको छ ।


  •  
  •  
  •