एमाले विवाद नमिल्दा कार्यविभाजन रोकियो

155
  •  
  •  
  •  

काठमाडौं १३ फागुन (ओएनएस) : कार्यविभाजन मिलाउन नसक्दा एमालेमा विवाद बढ्दै गएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजनमा युवजासंघको विवाद पनि नेतृत्व तहमा पुगेको छ । विवाद मिलाउन आज स्थायी समिति बैठक बोलाइएको छ। नेकपा एमालेमा रिक्त दश प्रतिशत केन्द्रीय सदस्य मनोनयन र केन्द्रीय नेताहरुको कार्यविभाजनमा नेताहरुबीच विवाद छ ।

महासचिव ईश्वर पोखरेलले राखेको प्रस्तावलाई माधव नेपाल पक्षले अस्वीकार गरेपछि अध्यक्ष ओली फेरि अफ्ठेरोमा परेका छन् । केन्द्रीय सदस्य मनोनयनमा संस्थापन पक्षले एकलौटी गर्न खोजेको भन्दै नेपाल पक्षले असहमति जनाएको छ । केन्द्रीय सदस्य मनोयनन गर्नुपर्नेहरुको नाम सहमतिमै पेश गर्न अध्यक्ष ओली नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरेपनि कार्यदलमा समेत सहमति जुट्न नसकेको हो ।

नेपालले आफ्नो तर्फबाट केन्द्रीय सदस्य मनोयन गर्नका लागि देवशंकर पौडेल, रामकुमार भट्टराई, कल्याणी खड्का, बिष्णु रिजाल, झपट रावल, डा।गोविन्दबहादुर थापालगायतको नाम प्रस्तुत गरेका थिए ।

संस्थापन पक्षले घनेन्द्र बस्नेत, केदार न्यौपाने, देवराज घिमिरे, देवशंकर पौडेल, कृष्णगोपाल श्रेष्ठ, भीम राई, राजेन्द्र राई, जुली महतो, दिनेश सुवेदी, झपट रावल लगायतको नाम पेश गरेको छ । नेताहरूले केन्द्रीय समितिमा मनोनीत हुने १० जना पूर्ण र ५ जना वैकल्पिक केन्द्रीय सदस्यका लागि आफूनिकट व्यक्तिहरू अघि सारेकाले विवाद भएको हो । अध्यक्ष केपी ओली र नेता माधव नेपाल समूहबीच क-कसलाई मनोनयन गर्ने भन्नेमा विवाद छ ।


  •  
  •  
  •